
काठमाडौँ । आज संसदका चार समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । त्यस्तै आज संसदीय सुनुवाइ समिति (संयुक्त) को पनि बैठक बस्दैछ ।
बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सबै सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सरोकारवाला निकायहरुसँग छलफल गर्ने कार्यसूची रहेको समितले जानकारी दिएको छ ।
त्यसैगरी अपराहन्न १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ । त्यसैगरी बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
त्यसै गरि बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिशहरुका सम्बन्धमा परेका उजुरीहरु खोल्ने र समितिका सदस्यहरुलाई कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
Sudina Shrestha
प्रकाशित: १२ असार २०८२, बिहीबार १०:२८
डा. मुकुल ढकालको रिटको सुनुवाई न्यायाधीशद्वय फुयाल र ढुंगानाको इजलासमा हुदै

मस्कको चेतावनी- ‘बिग ब्युटिफुल बिल’ को समर्थन गर्ने सांसदलाई आउने चुनावमा हराइदिन्छु

मानव धर्म सेवा समितिद्वारा २२औँ राष्ट्रिय धान दिवस भव्यताका साथ सम्पन्न

नेपालीलाई भारत उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिमा भारतले सघाउने

कस्तो छ आजको मौसम पूर्वानुमान ?

ठूलो पर्दामा बल्छी धुर्बे, ‘गोबर गणेश’ निर्देशन गर्दै
