
काठमाडौँ । मुग्लिन नारायणगढ सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ ।
मुग्लिन नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम उच्च रहि कुनैपनि समयमा माथिबाट ढुंगाहरू झर्ने र संभावित दुर्घटना हुन सक्ने भएकोले उक्त संभावित दुर्घटनालाई न्युनिकरण गर्नका लागि डिभिजनबाट लङ बुम एक्स्ट्राभेटर प्रयोग गरेर ढुंगा झार्न कार्य गर्न लागिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
कार्यालयले आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म करिब २ घण्टा जति सवारी आवागमन बन्द रहने जनाएको छ । कार्यालयले सो अवधिभर आफ्नो लेन अनुशासनमा रहि सवारीसाधन रोकेर सहयोग गर्न अनुरोध गरेको छ ।
Sudina Shrestha
प्रकाशित: १२ असार २०८२, बिहीबार १०:२७
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
