काठमाडौँ । गायक दुर्गेश थापाको ‘दुश्मन हेरेको हेरै’ गीतलाई युट्युबमा १० करोड पटक हेरिएको छ । रिलिज भएको पाँच महिनामा यो गीतलाई १० करोड पटक हेरिएको हो ।
गायक थापाले पाँच महिनामै १० करोड भ्यूज पार गरेर यस गीतले नेपाली सङ्गीत इतिहासको विशेष अध्याय बन्न पुगेको उल्लेख गरेका छन् ।
दुर्गेशले भनेका छन्- ‘म भावुक छु, अभिभूत छु… किनभने हजुरहरू मेरो भगवान दर्शकहरूले दिनुभएको माया, साथ र आशीर्वादले हाम्रो सृजना एउटा असाध्यै ठूलो उचाई चुम्न सफल भयो ।’
उनले अगाडी भनेका छन्- ‘हजुरहरूले दिएको यो सम्मान केवल भ्युजको संख्या होइन, यो सपना पुरा भएको दस्तावेज हो, हजुरहरूले दिनु भएको परिचय अझै चम्किलो बनेको छ । ‘दुर्गेश थापा’ नाम होइन ब्राण्ड हो, ब्राण्ड !’ सधैको साथ, माया, समर्थन र भगवानसरहको उपस्थिति दिनुभएकोमा म मेरो शीर झुकाएर मेरो भगवान रूपि दर्शकहरू प्रति कृतज्ञता व्यक्त गर्दछु ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
