
काठमाडौँ । गायक दुर्गेश थापाको ‘दुश्मन हेरेको हेरै’ गीतलाई युट्युबमा १० करोड पटक हेरिएको छ । रिलिज भएको पाँच महिनामा यो गीतलाई १० करोड पटक हेरिएको हो ।
गायक थापाले पाँच महिनामै १० करोड भ्यूज पार गरेर यस गीतले नेपाली सङ्गीत इतिहासको विशेष अध्याय बन्न पुगेको उल्लेख गरेका छन् ।
दुर्गेशले भनेका छन्- ‘म भावुक छु, अभिभूत छु… किनभने हजुरहरू मेरो भगवान दर्शकहरूले दिनुभएको माया, साथ र आशीर्वादले हाम्रो सृजना एउटा असाध्यै ठूलो उचाई चुम्न सफल भयो ।’
उनले अगाडी भनेका छन्- ‘हजुरहरूले दिएको यो सम्मान केवल भ्युजको संख्या होइन, यो सपना पुरा भएको दस्तावेज हो, हजुरहरूले दिनु भएको परिचय अझै चम्किलो बनेको छ । ‘दुर्गेश थापा’ नाम होइन ब्राण्ड हो, ब्राण्ड !’ सधैको साथ, माया, समर्थन र भगवानसरहको उपस्थिति दिनुभएकोमा म मेरो शीर झुकाएर मेरो भगवान रूपि दर्शकहरू प्रति कृतज्ञता व्यक्त गर्दछु ।’
Sudina Shrestha
प्रकाशित: ८ असार २०८२, आईतवार ११:०७
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
