काठमाडौँ । बलिवुड अभिनेता अभिषेक बच्चन सामाजिक सञ्जालमा धेरै सक्रिय छैनन् । तर उनी प्रायः आफ्ना कडा जवाफहरूले ट्रोल गर्नेहरूलाई चकित पार्छन् । अहिले भने अभिषेक बच्चन सामाजिक सञ्जालमा गरेको एउटा पोष्टका कारण चर्चामा छन् ।
अभिषेक बच्चनले आफ्नो सामाजिक सञ्जालमा एउटा पोष्ट सेयर गरेका छन् । यो पोस्टमा लेखिएको छ- ‘म एक पटक गायब हुन चाहन्छु, म आफूलाई फेरी भीडमा फेला पार्न चाहन्छु । मसँग जे थियो, मैले त्यो सबै मेरा प्रियजनहरूलाई दिए । अब म आफ्नो लागि थोरै समय चाहन्छु।’ यो पोस्ट सेयर गर्दै अभिषेकले आफ्नो क्याप्सनमा लेखेका छन्, ‘कहिलेकाहीं आफूलाई भेट्नको लागि, तपाईं सबैबाट ‘मिसिङ’ हुनुपर्छ ।’
अभिषेकको यो पोस्टले सामाजिक सञ्जालमा धेरै प्रश्नहरू उठाइरहेको छ । अभिषेकको यो पोस्टमा मानिसहरूले आ-आफ्नै तर्क गरिरहेका छन् । धेरै जसो फ्यानहरु अभिषेकको यस्तो पोष्ट देखेर छक्क परेका छन् भने कैयौं चिन्तित पनि बनेका छन् ।
अभिषेक बच्चनको यो पोस्टपछि उनको बारेमा चिन्तित पनि रहेका छन् । किनभने अभिषेकले सामान्यतया यस्तो पोष्ट गर्ने गर्दैनन् । अभिषेकले प्रायः सामाजिक सञ्जालमा आफ्ना परियोजनाहरूको प्रचार गर्ने गर्दछन् र आफ्नो व्यक्तिगत जीवनलाई सामाजिक सञ्जालबाट टाढा राख्छन् । यस्तो अवस्थामा, अभिषेकको यो पोस्ट पछि, प्रशंसकहरूले यो उनको प्रचारात्मक पोस्ट हो की भन्ने अनुमान समेत गरेका छन् ।
कार्यक्षेत्रको कुरा गर्दा, अभिषेक बच्चन अन्तिम पटक हालै रिलिज भएको फिल्म ‘हाउसफुल ५’ मा देखिएका थिए। अभिषेक हाउसफुल फ्रान्चाइजीमा फर्किएका छन् । यसअघि उनी ‘हाउसफुल ३’ मा पनि देखा परेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
