बनेपा । शब्दयात्रा प्रकाशनले २०८२ सालको प्रथम चरणका आठ सम्मानहरू यही जेठ ३१ गते शनिबार समर्पण गर्ने भएको छ ।
यसरी सम्मान समर्पण गरिनेमा प्युठानका प्रा. डा. मीनबहादुर विष्ट (शिक्षा), कपिलवस्तुका प्रा. डा. राजेन्द्र ज्ञवाली (विज्ञान–प्रविधि), काभ्रेपलाञ्चोकका डा. छत्रपति दाहाल (आयुर्वेद), सङ्खुवासभाकी लीलादेवी श्रेष्ठ (दानशीलता), काठमाडौँकी प्रतिभा सुवेदी (सामाजिक जागरण), तेह्रथुमका लोकेन्द्र ढकाल (शिक्षक), ललितपुरका श्रीराम पौडेल उदासी (शोध) र भोजपुरका सुदीप अधिकारी (सिर्जना) छन् ।
सम्मान समर्पण समारोह शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा दिउँसो १२ः३० बजे प्रारम्भ हुनेछ । सोही समारोहमा तीनवटा पुस्तक सार्वजनिक गरिनेछन् कार्यक्रममा रहेको छ । बलदेव थापाको कुराको सास्ती (.व्यङ्ग्यकवितासङ्ग्रह) र ‘बा’ को वाम (ऐतिहासिक परिचय) र हरि कोर्कालीको सुनका दाना (बालकवितासङ्ग्रह) सार्वजनिक गर्न लागिएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-11
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
