
बनेपा । शब्दयात्रा प्रकाशनले २०८२ सालको प्रथम चरणका आठ सम्मानहरू यही जेठ ३१ गते शनिबार समर्पण गर्ने भएको छ ।
यसरी सम्मान समर्पण गरिनेमा प्युठानका प्रा. डा. मीनबहादुर विष्ट (शिक्षा), कपिलवस्तुका प्रा. डा. राजेन्द्र ज्ञवाली (विज्ञान–प्रविधि), काभ्रेपलाञ्चोकका डा. छत्रपति दाहाल (आयुर्वेद), सङ्खुवासभाकी लीलादेवी श्रेष्ठ (दानशीलता), काठमाडौँकी प्रतिभा सुवेदी (सामाजिक जागरण), तेह्रथुमका लोकेन्द्र ढकाल (शिक्षक), ललितपुरका श्रीराम पौडेल उदासी (शोध) र भोजपुरका सुदीप अधिकारी (सिर्जना) छन् ।
सम्मान समर्पण समारोह शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा दिउँसो १२ः३० बजे प्रारम्भ हुनेछ । सोही समारोहमा तीनवटा पुस्तक सार्वजनिक गरिनेछन् कार्यक्रममा रहेको छ । बलदेव थापाको कुराको सास्ती (.व्यङ्ग्यकवितासङ्ग्रह) र ‘बा’ को वाम (ऐतिहासिक परिचय) र हरि कोर्कालीको सुनका दाना (बालकवितासङ्ग्रह) सार्वजनिक गर्न लागिएको हो ।
Sudina Shrestha
प्रकाशित: २९ जेष्ठ २०८२, बुधबार ०९:३६
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

बजेट पास गर्न एमालेको ह्वीप

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ