
काठमाडौं , हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा मंगलबार शीर्ष स्थानको हाउण्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लबले जित हात पारेका छन् । कीर्तिपुर कभर्डहलमा भएको पहिलो खेलमा हाउण्ड्सले विजय बुर्जाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली कीर्तिपुर क्लबलाई ८०-६९ ले पराजित गरेको हो ।
सुरुवात देखि लिएको अग्रता नै हाउण्ड्सको जितमा निर्णायक बन्यो । हाउण्ड्सले पहिलो क्वाटरमा २५-२३ को अग्रता लिएको थियो भने दोस्रो क्वाटर २१-९ र तेस्रो क्वाटर २०-११ ले आफ्नो पक्षमा पारेको थियो । चौथो क्वाटरअघि हाउण्ड्सले ६८-४३ को फराकिलो अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वाटर कीर्तिपुरले २५-१४ ले आफ्नो पक्षमा पारेपनि हाउण्ड्सले जित हात पारेको हो ।
हाउण्ड्सको जित विजय बुर्जा एक्लैले सर्वाधिक ३४ अंक स्कोर गरे । बुर्जा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । कीर्तिपुरका निश्चल महर्जनले २३ अंक स्कोर गरे ।हाउण्ड्स चौथो जितपछि ५ खेलबाट ९ अंकसहित शीर्ष स्थानमै छ । तेस्रो हार व्होरेको कीर्तिपुरले ५ खेलबाट ७ अंक जोडेको छ ।
यस्तै दोस्रो खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ८४-६९ ले हराउँदै तेस्रो जित हासिल गरेको छ ।
पहिलो क्वाटरमा सामुखशीले १८-१३ को अग्रता लिएपनि त्यसपछि टाइम्सले खेलमा पुनरागमन गरेको थियो । टाइम्सले दोस्रो क्वाटरमा २७-२१ र तेस्रो क्वाटरमा २७-१२ को अग्रता बनाउदै अन्तिम क्वाटरअघि ६७-५१ को अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वाटर सामाखुशीले १८-१७ ले आफ्नो पक्षमा पारेपनि टाइम्सलाई जितबाट रोक्न सकेन ।
टाइम्सका मनिष केसीले २० अंक स्कोर गरे । उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । यस्तै सामाखुशीका विक्रम डंगोलले पनि २० अंक स्कोर गरेका थिए ।तेस्रो जित हात पारेको टाइम्स ८ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । सामाखुशीको यो लगातार पाँचौ हार हो । सामाखुशीले अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन ।
पराजित भएपनि १ अंक प्राप्त हुने हुँदा सामाखुशी ५ अंकसहित अंकतालिकामा पूछारमा छ ।
Sudina Shrestha
प्रकाशित: ७ जेष्ठ २०८२, मंगलवार २३:२९
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
