काठमाडाैं, उद्घाटन भएको १७ वर्षपछि मूलपानीको तल्लो क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल आयोजना भएको छ । मूलपानीको तल्लो र माथिल्लो मैदानमा आइतबारबाट आइसिसी यू–१९ एकदिवसीय विश्वकप एसिया छनोट सुरु भएको हो । पहिलो दिन दुवै मैदानमा खेल भए । माथिल्लो मैदानमा अफगानिस्तानले ओमानलाई आठ विकेटले हरायो । तल्लो मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएपछि पहिलो खेल हुँदा आयोजक नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई डकवर्थ लुइस पद्धति डिएलएस का आधारमा ५ रनले पराजित गर्यो । माथिल्लो मूलपानी मैदान भने गत वर्ष नै अन्तर्राष्ट्रिय खेल गराउन सफल भएको थियो ।
०६० मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी०को परियोजनाअन्तर्गत तत्कालीन मूलपानी गाविसले वडा नं। ८ को लगभग चार सय रोपनी खाली जग्गा उपलब्ध गराएको थियो । जग्गा हस्तान्तरणको तीन वर्षपछि मैदानको निर्माण कार्य सुरु भएको हो । मैदानमा खेल आयोजना भए पनि अझै पूर्ण पूर्वाधार तयार भएको छैन । पूर्वाधार पूरा नभए पनि नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग समन्वय गरेर १७ वर्षपछि प्रतियोगिता आयोजना गर्न सफल भयो । जग्गा मुआब्जाको विवादपछि पछिल्लोपटक मैदानले पूर्ण आकार पाएको थियो । आधा प्यारापिट र एक भिआइपी बक्स तयार भए पनि अझै बाटो र ढल व्यवस्थापन नहुँदा पूर्वतर्फ प्यारापिट बन्न सकेको छैन । तत्काललाई अव्यवस्थित बाटोतर्फ सुरक्षा प्रबन्ध मिलाएर प्रतियोगिता गराइएको छ । त्यस्तै, आउटफिल्ड अझै राम्रो हुन सकेको छैन । मैदानको केही भागमा पानी जमेपछि उद्घाटन खेल पनि निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भयो ।
आयोजक नेपालसहित अफगानिस्तान, युएई, हङकङ र ओमानले एसिया कप छनोट खेलमा प्रतिस्पर्धा गर्दै छन् । राउन्ड रोबिन लिगको शीर्ष स्थानको टोलीले सन् २०२६ मा जिम्बावे र नामेबियाले संयुक्त रूपमा आयोजना गर्ने यू–१९ विश्वकपमा प्रतिस्पर्धा गर्नेछ । नेपाल लगातार विश्वकप खेल्ने लक्ष्यमा छ ।
नेपालको विजयी सुरुवात
नेपालले डकवर्थ लुइस पद्धति ९डिएलएस०का आधारमा युएईलाई ५ रनले पराजित गरेको छ । जितसँगै नेपालले २ अंक हासिल गरेको छ । वर्षाका कारण टस ढिला भएपछि खेल ४० ओभरमा झारिएको थियो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै २०० रनको लक्ष्य प्रस्तुत गर्यो । युएईले ३६ ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएपछि वर्षा भयो । वर्षा र खराब प्रकाशका कारण खेल नभएपछि नेपाल डिएलएस पद्धतिका आधारमा विजयी भएको हो । युएईका लागि ययिन किरण राईले शतकीय इनिङ्स खेले । उनले ९६ बलमा आठ चौका र पाँच छक्कासहित अविजित १०४ रन बनाए ।
मोहम्मद रायन खानले ३५, करण धिमनले १५ बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि अशोक धामी र सन्तोषकुमार यादवले समान दुई विकेट लिँदा अभिषेक तिवारी र कप्तान नरेन भट्टले समान एक लिएका थिए ।
नरेनको कप्तानी इनिङ
नेपालका लागि नरेन भट्टले कप्तानी इनिङ खेले । उनले ७५ बलमा सात चौकाको मद्दतले सर्वाधिक ६७ रन बनाएका थिए । दिलसद अलीले ३४, सहिल पटेलले ३२, नीरजकुमार यादवले १८, सन्तोष यादवले ११ र अशोक धामीले अविजित १० रन बनाएका थिए । युएईका लागि युदिस सुरीले सर्वाधिक तीन विकेट लिएका थिए । युग शर्मा र सलोम डी सुजाले समान दुई लिए ।
बजेट निकासा भए बाँकी काम पनि चाँडै पूरा हुन्छ
टंकलाल घिसिङ, सदस्यसचिव, राखेप
१७ वर्षपछि मेरै उपस्थितिमा तल्लो मैदानको उद्घाटन भएको छ । म आउने वेलासम्म मैदानमा सुकुम्बासीका घर थिए । उनीहरूलाई हटाउन सफल भयौँ र पछिल्लो संरचना बनेको छ । म आएपछि दुई ब्लक र भिआइपी भवन बनेको छ । अब, बाँकी काम अगाडि बढेको छ । बाटो र ढलका लागि बजेट माग गरिएको छ । अर्थ मन्त्रालयबाट बजेट निकासा भएलगत्तै पूर्ण पूर्वाधार बन्छ । बजेट आए फ्लड लाइट पनि जोडिनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-14
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
