
बनेपा । बनेपा प्रकाशन प्रा. लि. को आयोजनामा यही चैत १ गते शुक्रबार ‘भजनको लेखन, सङ्गीत र गायनमा आधुनिकीकरण’ विषयक विचारगोष्ठी तथा ‘गौरीशङ्कर आरती’ (आध्यात्मिक गान) को सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रमको सभापतित्व बनेपा प्रकाशन प्रा. लि. का सञ्चालक गीता अधिकारीले र सञ्चालन शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य कृष्णमणि कुइकेलले गर्नुभएको थियो ।

कार्यक्रममा डा. इन्दुल केसीले कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्नुभएको उक्त कार्यक्रममा हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध आध्यात्मिक गानहरूका विषयमा विभिन्न वक्ताहरूले आआफ्ना विचारहरू व्यक्त गर्नुभएको थियो । विचार व्यक्त गर्नेहरूमा गीतिभास्कर मच्छेश्वर सापकोटा, समीक्षक डा. श्याम भट्टराई, गायिका सरस्वती सापकोटा, गायक प्रताप राना, लेखक केदारनाथ तिमल्सिना र लेखिका पुण्यवती घले हुनुहुन्थ्यो । कार्यक्रमको अन्त्यमा हरि मञ्जुश्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रमको समुद्घाटन तथा ‘गौरीशङ्कर आरती’ (आध्यात्मिक गान) को सार्वजनिकीकरण प्रमुख अतिथिले गर्नुभएको थियो भने मेलवादेवी गुरुङ लगायतका दिवङ्गत गायक, गायिका र सङ्गीतकारहरूको आत्मशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको थियो ।

‘भजनको लेखन, सङ्गीत र गायनमा आधुनिकीकरण’ विषयक विचारगोष्ठीको आयोजना गरिएको यो दोस्रोपटक हो । पहिलोपटक डा। इन्दुल केसीको आयोजनामा भक्तपुरको वाराही पीठमा गत फागुन ७ गते सम्पन्न भएको थियो ।

रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २ चैत्र २०८१, आईतवार १८:३६
म्यासेडोनियाको एक रात्रि क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु

भजनसम्बन्धी विचारगोष्ठीमा गौरीशङ्कर आरती सार्वजनिक

छुरा प्रहारबाट युवकको मृत्यु : सडकमा शव राखेर प्रदर्शन, जलेश्वर-जनकपुर सडक ठप्प

महिलाको समान सहभागिताबाट सकारात्मक परिवर्तन आवश्यक : प्रधानमन्त्री

होली खेल्दा छुरा प्रहार, युवकको मृत्यु

ट्याक्टर अनियन्त्रित भएर घरभित्र छिर्दा पाँचजना घाइते, चालक फरार
