
बनेपा । शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ गुल्मी अग्रज पत्रकार आदित्यमान श्रेष्ठलाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो ।
नेपाली र अङ्ग्रेजी भाषामा कलम चलाउने खरो राजनीतिक विश्लेषकका रूपमा सुपरिचित उहाँले नेपाली पत्रकारिताको क्षेत्रमा लामो समयसम्म आबद्ध रहेर विशिष्ट योगदान दिनुभएको छ ।
उहाँले नेपालको वस्तुस्थितिलाई अन्तर्राष्ट्रिय जगतसम्म लैजान विदेशी सञ्चार माध्यमको समेत उपयोग गर्नुभएको छ । यस सम्मानको कोष व्यवस्थापन लेखक सुनील सापकोटा (मोरङ) ले गर्नुभएको हो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ ।
Sudina Shrestha
प्रकाशित: २७ फाल्गुन २०८१, मंगलवार १०:३५
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

बजेट पास गर्न एमालेको ह्वीप

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ