बनेपा । शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ गुल्मी अग्रज पत्रकार आदित्यमान श्रेष्ठलाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो ।
नेपाली र अङ्ग्रेजी भाषामा कलम चलाउने खरो राजनीतिक विश्लेषकका रूपमा सुपरिचित उहाँले नेपाली पत्रकारिताको क्षेत्रमा लामो समयसम्म आबद्ध रहेर विशिष्ट योगदान दिनुभएको छ ।
उहाँले नेपालको वस्तुस्थितिलाई अन्तर्राष्ट्रिय जगतसम्म लैजान विदेशी सञ्चार माध्यमको समेत उपयोग गर्नुभएको छ । यस सम्मानको कोष व्यवस्थापन लेखक सुनील सापकोटा (मोरङ) ले गर्नुभएको हो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-11
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
