बनेपा । शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान’ काभ्रेपलाञ्चोकका बालसाहित्यकार कन्हैया नासननीलाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो ।
विविध साहित्यिक सिर्जना गर्दागर्दै पनि अढाइ दशकसम्म नेपाली बालसाहित्यका क्षेत्रमा सक्रिय रही बालबालिकाहरूका लागि उपयोगी हुने जीवनी, कथा र वैज्ञानिक तथ्यहरू पुस्तकका रूपमा प्रस्तुत गरेर उहाँले विशिष्ट योगदान गर्नुभएको छ ।
यस सम्मानको कोष व्यवस्थापन बालसाहित्यकार गोपाल पराजुली (काभ्रेपलाञ्चोक) ले गर्नुभएको थियो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-11
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
