
बनेपा । शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान’ काभ्रेपलाञ्चोकका बालसाहित्यकार कन्हैया नासननीलाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो ।
विविध साहित्यिक सिर्जना गर्दागर्दै पनि अढाइ दशकसम्म नेपाली बालसाहित्यका क्षेत्रमा सक्रिय रही बालबालिकाहरूका लागि उपयोगी हुने जीवनी, कथा र वैज्ञानिक तथ्यहरू पुस्तकका रूपमा प्रस्तुत गरेर उहाँले विशिष्ट योगदान गर्नुभएको छ ।
यस सम्मानको कोष व्यवस्थापन बालसाहित्यकार गोपाल पराजुली (काभ्रेपलाञ्चोक) ले गर्नुभएको थियो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ ।
Sudina Shrestha
प्रकाशित: २७ फाल्गुन २०८१, मंगलवार १०:३१
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
