बनेपा । शब्दयात्रा प्रकाशनले दोस्रो चरणको पुरस्कारहरू समर्पण गरेको छ । २०८१ माघ २६ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा पुरस्कारहरूसमर्पण गरेको हो ।

समारोहमा गीतकार तथा सङ्गीतकार श्याम तमोट, साहित्यकार अनन्त कोइराला, आध्यात्मिक लेखक टहलदास शिवाकोटी ‘यात्री’, प्रशासक हुमकला पाण्डे, इन्जिनियर दिनेश चौधरी, शिक्षासेवी तथा कवयित्री निर्मलाकुमारी यगोल श्रेष्ठ र लोकसङ्गीतका अन्वेषक एवं मौलिक लोकभाकाका सङ्कलक तथा गायक नवीन खड्का र गायिका पुस्तका खड्कालाई पुरस्कृत गरिएको थियो । पुरस्कृत व्यक्तित्व सबैलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष श्री हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट लगाइदिनुभएको थियो ।

कवि कृष्ण जोशीले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार, २०८१’ गीतकार तथा सङ्गीतकार श्याम तमोटमा समर्पण गरियो । उनलाई पूर्वप्रशासक तथा कवि जयनारायण नेपालले रुद्राक्षमाला र उपहार तथा कवि कृष्ण जोशीकी अर्धाङ्गिनी सरस्वती जोशीले रकम र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।

राम–रेवती प्रतिष्ठानले कोष व्यवस्थापन गरेको ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार, २०८१’ साहित्यकार अनन्त कोइरालामा समर्पण गरियो । उहाँलाई चिकित्सक तथा कवि डा. छत्रपति दाहालले रुद्राक्षमाला र उपहार तथा शिक्षासेवी रामप्रसाद अधिकारीले रकम र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।

बनेपा प्रकाशन प्रा. लि. का तर्फबाट गीता मञ्जुश्री अधिकारीले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा दुर्गाप्रसाद–युगला अधिकारी आध्यात्मिक साहित्य पुरस्कार, २०८१’ आध्यात्मिक लेखक टहलदास शिवाकोटी ‘यात्री’ मा समर्पण गरियो । उहाँलाई महाकाव्यकार दुर्गाप्रसाद अधिकारीका भाइ दण्डपाणि अधिकारीले रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र समर्पण गरेका थिए ।

पूर्वप्रशासक तथा गायिका उर्मिला श्रेष्ठले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार, २०८१’ प्रशासक हुमकला पाण्डेमा समर्पण गरियो । उनलाई कवि विष्णु ओलीले रुद्राक्षमाला र उपहार तथा प्रा. केदारनाथ श्रेष्ठले रकम र अभिवन्दनापत्र समर्पण गरिएको थियो ।

पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार, २०८१’ इन्जिनियर दिनेश चौधरीमा समर्पण गरियो । उहाँलाई पूर्वप्रशासक तथा लेखक द्रोणप्रसाद श्रेष्ठले रुद्राक्षमाला र उपहार तथा पूर्वप्रशासक तथा लेखक शङ्कर मानन्धरले रकम र अभिवन्दनापत्र समर्पण गरिएको थियो ।

समाजसेवी लीलाबहादुर केसीको स्मृतिमा निरोज थापाले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार, २०८१’ इन्जिनियर दिनेश चौधरीमा समर्पण गरियो । उनलाई हरि मञ्जुश्री र पत्रकार प्रदीप केसीले रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र संयुक्त रूपमा समर्पण गरिएको थियो ।

समाजसेवी तथा साहित्यकार लीलादेवी श्रेष्ठले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८१’ लोकसङ्गीतका अन्वेषक एवं मौलिक लोकभाकाका सङ्कलक तथा गायक नवीन खड्का र गायिका पुस्तका खड्कालाई संयुक्त रूपमा समर्पण गरियो । हाल अमेरिकामा रहेकाले उनको तर्फबाट बहिनी लक्ष्मी खड्काले पुरस्कार ग्रहण गरेका थिए । उनलाई कोष व्यवस्थापक लीलादेवी श्रेष्ठले रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र समर्पण गरिएको थियो ।

वैज्ञानिक डा. मुकेशकुमार चालिसे र जनककुमारी चालिसेले कोष व्यवस्थापन गर्नुभएको ‘क्याप्टेन टीकाराम—रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार, २०८१’ ग्रहण गर्न शारीरिक अस्वस्थताले गर्दा उपस्थित हुन नसेका वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठलाई आगामी फागुन ४ गते आइतबार उनको निवासमै गई पुरस्कार समर्पण गर्ने जानकारी समारोहमा गराइएको थियो ।
साथैपत्रकार दीपक भेटुवालले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि सत्यनारायण गोयन्काको ‘विपस्सना ध्यान’, सपना लामिछानेको कवितासङ्ग्रह ‘जिन्दगी एक यात्रा’, निद्रा देउजा राजवंशीको कवितासङ्ग्रह ‘अदृश्य हावा’ र ‘सम्यक सन्देश’ पत्रिकाको ३७ औँ अङ्क उपहारस्वरूप प्रदान गर्नुभएको छ । पुस्तकालयका तर्फबाट ती उपहारहरू शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-10
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
