थ्रीस्टार क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। आइतबार पोखरा रंगशालामा भएको क्वार्टराफाइनलमा मछिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ४(२ गोलले पराजित गर्दै थ्रीस्टार अन्तिम चारमा पुगेको हो।
खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। त्यसपछि भएको पेनाल्टी सुटआउटमा थ्रीस्टार ४(२ गोलले विजयी भयो।थ्रीस्टारका लागि लक्ष्मण रुचाल, विराज महर्जन, फोडे फोफना र दिपेश घलेले गोल गरे। मछिन्द्रका लागि दिवाकर चौधरी र सनिस श्रेष्ठ मात्र सफल भए।
मछिन्द्रका विशाल घलानको पहिलो पेनाल्टी बारमा लाग्दा आदित्य शाक्यको प्रहार थ्रीस्टारका गोलकिपर सरिन जिसीले विफल पारे। थ्रीस्टारले सेमिफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स एसपीबीच हुने अन्तिम क्वार्टरफाइनलको विजेतासँग खेल्नेछ।प्रतियोगितामा सोमबार त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेडबीच तेस्रो क्वार्टरफाइनल हुनेछ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
