
थ्रीस्टार क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। आइतबार पोखरा रंगशालामा भएको क्वार्टराफाइनलमा मछिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ४(२ गोलले पराजित गर्दै थ्रीस्टार अन्तिम चारमा पुगेको हो।
खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। त्यसपछि भएको पेनाल्टी सुटआउटमा थ्रीस्टार ४(२ गोलले विजयी भयो।थ्रीस्टारका लागि लक्ष्मण रुचाल, विराज महर्जन, फोडे फोफना र दिपेश घलेले गोल गरे। मछिन्द्रका लागि दिवाकर चौधरी र सनिस श्रेष्ठ मात्र सफल भए।
मछिन्द्रका विशाल घलानको पहिलो पेनाल्टी बारमा लाग्दा आदित्य शाक्यको प्रहार थ्रीस्टारका गोलकिपर सरिन जिसीले विफल पारे। थ्रीस्टारले सेमिफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स एसपीबीच हुने अन्तिम क्वार्टरफाइनलको विजेतासँग खेल्नेछ।प्रतियोगितामा सोमबार त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेडबीच तेस्रो क्वार्टरफाइनल हुनेछ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २८ माघ २०८१, सोमबार १४:०६
कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण
