
काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै साविक विजेता समेत रहेको एपीएफले उपाधि जितेको हो ।
सुदूरलाई फाइनलमा ९ विकेटले पराजित गर्यो । सुदूरले लिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । एपीएफका लागि ममता चौधरीले र इन्दु बर्माले अविजित रहँदै क्रमश ४३ र १८ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले १८।१ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् । कप्तान विन्दु रावलले १७ रन बनाइन् ।
एपीएफका लागि कविता जोशीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् । सबनम राईले ३ ओभरमा ८ रन दिएर २ विकेट लिइन् । इन्दु बर्माले ४ ओभरमा १४ रन दिएर २ विकेट लिइन् । करुणा भण्डारीले १ विकेट लिइन् ।
एपीएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । एपीएफले महिला पीएम कप सातौंपटक जितेको हो । इन्दु बर्माको कप्तानीमा एपीएफले पहिलोपटक उपाधि जितेको हो । यसअघि एपीएफले सन् २०१६ देखि सन् २०१९ सम्म लगातार तथा त्यसपछि २०२१ र २०२३र२४ मा उपाधि जितेको थियो ।
Sudina Shrestha
प्रकाशित: १२ माघ २०८१, शनिबार १५:०३
संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर

इन्डोनेसियाको बाली नजिक जहाज डुब्दा दुई जनाको मृत्यु, ४३ जना बेपत्ता

महिला एसियन कप छनोटः नेपाल र उज्बेकिस्तानको अंक र गोल दुवै बराबर

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय
