बनेपा । शब्दयात्रा प्रकाशनले यही माघ १९ गते शनिबार ‘योगदानी महिला’ सम्बन्धी पहिलो चरणको विचारगोष्ठी गर्ने भएको छ । विविध क्षेत्रमा योगदान गरेका काभ्रेपलाञ्चोक जिल्लाका महिलाहरूको विस्तृत अभिलेखीकरण गर्ने सन्दर्भमा यस गोष्ठीको आयोजना गर्न लागिएको हो ।
राष्ट्रिय विकासका लागि योगदान गर्ने नेपाली महिलाहरूका विषयमा अनुसन्धान गर्ने–गराउने गरी शब्दयात्रा प्रकाशनले ‘सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान केन्द्र’ बनेपामा स्थापना गरिसकेको छ र त्यसबाट विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न शुरु गरिसकिएको छ । उक्त अनुसन्धान केन्द्रका माध्यमबाट काभ्रेपलाञ्चोक जिल्लाका महिलाहरूले गरेको योगदानलाई पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरसम्म लैजान यस गोष्ठीले सहयोग गर्ने अपेक्षा राखिएको छ ।
कार्यक्रम संयोजक तथा कार्यसम्पादन समितिका सदस्य कालिका त्रिपाठी पन्तका अनुसार पहिलो चरणको यस विचारगोष्ठीमा साहित्य, पत्रकारिता, कला, संस्कृति, शिक्षा, कानुन, चिकित्सा, सहकारी आदि क्षेत्रका महिलाहरूको उपस्थिति रहनेछ भने फागुनमा आयोजना गरिने दोस्रो चरणको विचारगोष्ठीमा राजनीतिक र प्रशासनिक क्षेत्रका महिलाहरूलाई उपस्थितिका लागि आग्रह गरिनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-24
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
