
काठमाडौं । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीसँग पहिलोपटक सगरमाथा आरोहण गर्ने टोलीका एक्ला जीवित सदस्य कान्छा शेर्पालाई ‘एभरेष्ट टुरिजम अवार्ड–२०२५’को लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।
काठमाडौंमा बुधबार आयोजित एभरेष्ट टुरिजम अवार्ड, २०२५ को अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पालाई पर्यटन क्षेत्रमा गरेको अमूल्य योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरेका आयोजक ‘एएमएस म्युजिक एण्ड म्यानेजमेन्ट प्रालि’का अध्यक्ष सत्यकला तामाङ लामाले जानकारी दिइन् । शेर्पालाई रु ५१ हजार एक सय ५१, दोसल्ला र प्रमाणप्रत्रसहित सम्मान गरिएको हो ।
सन् १९३३ मा सोलुखुम्बुको नाम्चेमा जन्मिएका शेर्पाले २० वर्षको उमेरदेखि हिमाल आरहोण गरेका थिए । सम्मान ग्रहण गरेपछि उनले खुसी व्यक्त गर्दै पछिल्लो समय हिमालबाट हिउँ हराउँदै गएकामा चिन्ता व्यक्त गरे ।
‘हामीले पहिलो पटक सगरमाथा आरोहण गर्ने समयभन्दा अहिले हिमालमा धेरै परिवर्तन भइसकेको छ’, उनले भने, ‘जलवायु परिवर्तनको असर सबैभन्दा बढी हिमाली क्षेत्रमा परेको छ, यसको क्षति न्यूनीकरणका लागि सबै एकजुट हुन जरुरी छ ।’
त्यसअवसरमा लोत्से र मनास्लु हिमाल आरोही कतारकी राजकुमारी शेख आस्मा अल थानीलाई पनि सम्मान गरिएको थियो ।
साथै स्वर्गीय मउराइस हेर्जोङ, स्वर्गीय शम्भु तामाङ, स्वर्गीय जुनको ताबेइ, स्वर्गीय पासाङ ल्हामु शेर्पा, स्वर्गीय मीनबहादुर शेरचन, स्वर्गीय बाबुछिरि शेर्पा, स्वर्गीय डा.हर्क गुरुङ, स्वर्गीय प्रभाकर शमशेर जवरा, स्वर्गीय अम्बिका श्रेष्ठ, स्वर्गीय कर्नल जेम्स ओभेन मेरिकोन रोबर्टस, स्वर्गीय बोरिस लिसानेभिच, स्वर्गीय कुमार खड्कबिक्रम शाह, स्वर्गीय आङरिता शेर्पालगायत युचिसो मिउरा, उम होङ गिल, काजी शेर्पा, आप्पा शेर्पा, लाक्पा ग्याल्बु शेर्पालगायतलाई उनीहरुले पर्यटन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा पर्वतारोहणतर्फ कामीरिता शेर्पा, निमारिञ्जी शेर्पा, सानु शेर्पा, पूर्णिमा श्रेष्ठ, मिङ्मा ग्याल्जेन शेर्पा, पासाङ दावा शेर्पा, पासाङ नाम्गेल शेर्पा, लाक्पा डेञ्डी शेर्पा, प्रितेम्बा शेर्पा, दावा ग्याङ्जुम शेर्पा, लाक्पा गेलु शेर्पा र फुन्जो झ्याङ्ग्मु शेर्पा लामालाई अवार्ड प्रदान गरियो ।
साहसिक पर्यटनको र्याफ्टिङतर्फ हिमालयन रिभर एक्लप्लोरेसन विधामा क्यानोनिङतर्फ राजेन्द्रबहादुर लामा र तिलक लामा, प्याराग्लाइडिङतर्फ सनराइज प्याराग्लाइडिङ, हट एयर बेलुनतर्फ बिक्रम बाडे, अल्ट्रा लाइटतर्फ एभिया क्लब नेपाल प्रालि, वाइल्ड लाइफतर्फ टाइगर टप्स, बञ्जी जम्पिङतर्फ द लास्ट रिसोर्टलाई अवार्ड प्रदान गरिएको थियो ।
त्यसैगरी आइसफल चिकित्सकहरु आङ नीमा शेर्पा, आङकामी शेर्पा र आङ सार्की शेर्पालाई अवार्ड प्रदान गरियो भने माउन्टेन बाइकतर्फ सोनाम गुरुङ, राजेश मगर र लक्ष्मी मगरलाई अवार्ड प्रदान गरिएको थियो । एएमएस म्युजिक एण्ड म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन)का अनुसार रेक्युतर्फ छिरिङ पाण्डे बोटे, गेल्जे शेर्पा, ब्रिगेडियर जनरल गुञ्जामन लामा र छिरिङ पेम्बा शेर्पालाई अवार्ड प्रदान गरिएको थियो ।
साथै टुरिजम एक्सिलेन्स अवार्ड पाउनेमा लाक्पा सोनाम शेर्पा, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), हिमालयन रेस्क्यु एशोसिएसन, डा बुद्ध बस्न्यान, बसन्त थापा, अभिनेत्री निशा अधिकारी, दछिरिङ शेर्पा, नाम्चेस्थित एभरेष्ट भ्यू होटल तथा द सोल्टी होटल रहेको प्रबन्ध निर्देशक मोक्तानले जानकारी दिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३ माघ २०८१, बिहीबार १०:२३
ताप्लेजुङको फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा

तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र सुरु

प्रकृति लम्सालको मृत्यु बारे परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा मुख्यमन्त्री मोहन चरण माझीसँग फोनमा वार्ता

महाधिवेशन एउटा नियमित प्रक्रिया हो,कांग्रेसका महामन्त्री गगन थापा

चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक

159 Nepali students returned Nepal through Raxaul
