बनेपा । शब्दयात्रा प्रकाशनले आध्यात्मिक लेखक दुर्गाप्रसाद अधिकारीको स्मृतिमा २०८१ सालदेखि ‘शब्दयात्रा दुर्गाप्रसाद अधिकारी आध्यात्मिक साहित्य पुरस्कार’ को व्यवस्था गरेको छ ।
पहिलोपटक यो पुरस्कार आध्यात्मिक लेखक तथा सम्पादक टहलदास शिवाकोटी ‘यात्री’ लाई समर्पण गरिने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
ताप्लेजुङमा २०१६ सालमा जन्मेर झापामा बसोवास गर्नुभएका उहाँले ‘श्रीकृष्णप्रणामी धर्म नेपाली परिवेश’, ‘धरतीका धर्मरत्न’, ‘नेपाली हुलाक टिकटमा समाविष्ट व्यक्तित्वहरू’ जस्ता पुस्तकको लेखन तथा ‘ज्ञानसरोवर’, ‘प्रेम स्मृतिग्रन्थ’, ‘जागनीबोध’ जस्ता कृतिहरूको सम्पादन गरेका छन् ।
त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ । आध्यात्मिक साहित्यकारलाई हरेक वर्ष समर्पण गर्ने गरी संस्थापित यस पुरस्कारको आर्थिक व्यवस्थापन बनेपा प्रकाशन प्रा। लि। ले गरेको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन आध्यात्मिक साहित्यकार टहलदास शिवाकोटी ‘यात्री’ प्रति हार्दिक आभार व्यक्त गर्दछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-14
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
