
बनेपा । शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार’ प्रशासक हुमकला पाण्डेलाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
अर्घाखाँची जिल्लाबाट राष्ट्रिय प्रतिभा बन्न सफल उनी निजामती सेवातर्फ राजपत्राङ्कित प्रथम श्रेणीमा कार्यरत छन् । विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी बन्नुभएकी उहाँ निजामती सेवामा प्रवेश गर्नुअघि शिक्षण सेवामा हुनुहुन्थ्यो । लेखनतर्फ उहाँका मौलिक सिर्जनाहरू पनि छन् । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।
पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ । प्रशासनिक क्षेत्रमा रहेकी र अन्य विधामा पनि योगदान गर्ने महिला प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन प्रशासक हुमकला पाण्डेप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
Sudina Shrestha
प्रकाशित: १ माघ २०८१, मंगलवार ०९:५९
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
