बनेपा । शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार’ प्रशासक हुमकला पाण्डेलाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
अर्घाखाँची जिल्लाबाट राष्ट्रिय प्रतिभा बन्न सफल उनी निजामती सेवातर्फ राजपत्राङ्कित प्रथम श्रेणीमा कार्यरत छन् । विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी बन्नुभएकी उहाँ निजामती सेवामा प्रवेश गर्नुअघि शिक्षण सेवामा हुनुहुन्थ्यो । लेखनतर्फ उहाँका मौलिक सिर्जनाहरू पनि छन् । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।
पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ । प्रशासनिक क्षेत्रमा रहेकी र अन्य विधामा पनि योगदान गर्ने महिला प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन प्रशासक हुमकला पाण्डेप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-14
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
