
बनेपा । शब्दयात्रा प्रकाशनको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०८१ साल पुस १३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, अनुमानित कार्यक्रम र आयव्यय विवरण पारित गर्नुका साथै आ. व. २०८१–८२ को लेखापरीक्षणका लागि दर्तावाला लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोकेको छ ।
सभाले संस्थाबाट सञ्चालन गर्दै आएका विभिन्न कार्यलाई निरन्तरता दिन, थप कार्यहरू सञ्चालन गर्न, वर्तमान अध्यक्ष हरिमञ्जुश्री, संचालकहरु हरि गोपाल प्रधान, कृष्णमणि कुइँकेल, लीलादेवी श्रेष्ठ र केदारनाथ तिमिल्सीना रहनुभएको छ ।
आगामी २ वर्षमा कार्यकाल समाप्त हुने भएको हुँदा सञ्चालक समितिले गर्दै आएका कार्यलाई सहयोग पुर्याउन र युवा सदस्यहरूको कार्यक्षमतामा वृद्धि गराई संस्थागत नेतृत्व गर्न सक्ने निरन्तर रुपमा कार्यरत गर्नको लागि ५ सदस्य कार्यसम्पादन समिति गठन गरेको छ ।
जनशक्ति विकास गर्न डा. भास्कर हुमागाईं, इ. रोशन मञ्जुश्री अधिकारी, कालिका त्रिपाठी पन्त, अमृत अधिकारी र वेदप्रसाद गौतम रहनुभएको छ ।

शब्दयात्रा प्रकाशनले आ. व. २०८०–८१ भित्र सम्पन्न गरेका कार्यहरूः
शब्दयात्रा प्रकाशनले आफ्नो नियमित कार्य गर्ने क्रममा आ. व. २०८०–८१ भित्र सम्पन्न गरेका महत्त्वपूर्ण कार्यक्रमहरू यसप्रकार छन् ।
१. यस प्रकाशनले व्यवस्थापन गरेको र विभिन्न व्यक्ति तथा संस्थाको आर्थिक सहयोगमा विभिन्न विधामा राखिएका २३ सम्मान, १३ पुरस्कार, १३ छात्रवृत्ति (१ पत्रकारिता र १ विकलाङ्गसहित), ४ विद्वत्वृत्ति र ३ कदरपत्र (काभ्रेपलान्चोक जिल्लाका पत्रकारहरूमा समर्पण गरिने) समर्पण गरियो ।
२. १४ पुस्तकको प्रकाशन र सार्वजनिक गर्ने कार्य सम्पन्न गरियो ।
३. नीलकण्ठेश्वर धाम संरक्षण समितिको सहकार्यमा नीलकण्ठेश्वर धाम परिसरमा १०८ शिवलिङ्ग स्थापना गरी अनावरण गरियो ।
४. नीलकण्ठेश्वर धाम संरक्षण समितिको सहकार्यमा शब्दसाधक अतिथिगृहको समुद्घाटन गरियो ।
५. नीलकण्ठेश्वरमा जग्गादाताहरूको नाम राखिएको शिलालेख र कृष्णगीता परिसर नाउँ राखिएको शिलालेख गरी २ शिलालेखको अनावरण गरियो ।
६. शब्दयात्रा समापन गान र नीलकण्ठेश्वरको आरती लगायत विभिन्न आध्यात्मिक गानको स्वराङ्कन गरियो ।
७. गुञ्जन संस्थासँगको संयुक्त आयोजनामा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न गरियो ।
८. आध्यात्मिक लेखकहरूको भेला तथा अभिलेखीकरण एवं पूर्वीय संस्कृति र वर्तमान विकृतिबारे छलफल कार्यक्रम आयोजना गरियो ।
९. काभ्रेपलान्चोक जिल्ला समन्वय समितिद्वारा आयोजित कृषिमेलामा साहित्यिक र साङ्गीतिक कार्यक्रम आयोजना गरियो ।
१०. विभिन्न सन्दर्भ पारेर कविता वाचन (बद्रीविक्रम थापा र सुभाष खड्का विषयक) कार्यक्रमहरू सम्पन्न गरियो ।
११. पत्रकार युवराज गौतमलाई स्वास्थ्य–उपचारका लागि र साहित्यिक पत्रकार रोचक घिमिरेको अभिनन्दनका लागि विभिन्न आर्थिक सहयोग गरियो ।
१२. सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान केन्द्रको ब्रोसर तयार गरियो ।
यसै आ. व. मा यस संस्थाले ‘गुञ्जन’ नामक संस्थाबाट सम्मान प्राप्त गरेको छ ।
शब्दयात्रा प्रकाशनको अबको योजना:
शब्दयात्रा प्रकाशनले हालसम्म गरिरहेका कार्यहरू, जस्तैः सम्मान, पुरस्कार, छात्रवृत्ति, विद्वत्वृत्ति, कदरपत्र समर्पण, पुस्तक प्रकाशन आदि र विभिन्न अवसरमा सान्दर्भिक कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा निम्नलिखित कार्यहरू पनि अगाडि बढाउनुपर्नेछ ।
१. पुस्तकालयलाई अझै व्यवस्थित (पुस्तकालयभित्र बसेर पढ्ने, आवतजावत गर्न सहज बनाउने) बनाई अनुसन्धाता पाठकको पहुँचसम्म पुर्याउनुपर्नेछ ।
२. दैनिक कार्य सञ्चालनका लागि व्यवस्थित कार्यकक्षको निर्माण गर्नुपर्नेछ ।
३. विशेष व्यक्तिका सालिक स्थापना गर्नुपर्नेछ ।
४. शब्दवाटिकालाई पूर्णता दिनुपर्नेछ ।
५. सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्षलाई महिलासँग सम्बन्धित अ्रध्ययन–अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्नेछ ।
६. सङ्ग्रहालयको व्यवस्था गर्नुपर्नेछ ।
७. आर्थिक रूपमा सक्षम हुन कोषमा वृद्धि गर्नुपर्नेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १५ पुष २०८१, सोमबार ०९:००
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
