काठमाणडौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलिको लागि तय भएको चुनाव रोक्ने आदेश दिएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एकलौटी रुपमा चुनाव गर्न लागेको भन्दै कमल चित्रकारले दायर गरेको रिटमा न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
मनोनयन दर्ताको दिन गएको सोमवार सरकारले प्रहरी परिचालन गरेर सातदोबाटोमा एनओसी कार्यालयमा प्रवेशमा रोक लगाएको थियो । त्यसका बाबजुद अनलाइनमार्फत मनोनयन दर्ता गर्दै चुनाव प्रक्रियाअघि बढाइएको थियो ।
एनओसीले पटक पटक अदालतको आदेशको अवज्ञा गर्दै आएको छ । उच्च अदालत पाटनको आदेशको अवज्ञा गर्दै एनओसीले विशेष साधारण सभाबाट विधान संशोधन गरेको थियो । सरकारले पनि एनओसीलाई निर्वाचन नगर्न निर्देशन दिएको थियो । त्यसलाई अटेर गरेको एनओसीमा १९ कार्यसमिति मध्ये १८ जना निर्विरोध भइसकेको छ । अध्यक्षमा वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तेज गुरुङ, महासचिव निलेन्द्रराज श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
लगातार दुई कार्यकाल अध्यक्ष भइसकेका श्रेष्ठले तेस्रो पटक अध्यक्ष बन्ने बाटो खुला गर्नका लागि विशेष साधारणसभाबाट विधान संशोधनको भूमिका खेलेका थिए । उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, सदस्य दीर्घबहादुर केसीले त्यसको विरोधमा साधारण सभा बहिष्कार गरेका थिए । सुनिल श्रेष्ठले आफू चुनावमा भाग नलिने प्रस्ट गरिसकेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-12-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
