काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा राम्रो सम्भावना बोकेका मोडल तथा कलाकार हुन् आर्यन कार्की । युवा पुस्ताले निकै रुचाउने आर्यन अभिनित नयाँ म्युजिक भिडियो रिलिज गरिएको छ।
यसैबीच, उनले अभिनय गरेको नयाँ म्युजिक भिडियो यतिबेला बजारमा छ। “अन्तिम भेट ” बोलको म्युजिक भिडियो प्गmबच ऋजबगबिनबष्ल युट्युब च्यानलबाट रिलिज भएको हो ।
गीतमा पछिल्लो समय धेरैको मन मुटुमा बसेका चर्चित गायक कुमार चौलागाई र कोपिला तामाङ वाईवाको मनछुने आवाज छ।सम्भु नेपालको मनछुने शब्द अनि संगीत रहेको छ भने नारायण दंगालको एरेन्ज रहेको छ ।
गीतको अडियोसंगै भिडियो पनि एकदम आकर्षक अनि उत्कृष्ट बनेको छ। भिडियोमा लोकप्रिय मोडल आर्यन कार्की , आशा विश्वकर्मा,उमेश कार्की, सदिक्षा सिग्देल, रितिका खड्का, दिपक आले मगर, मनिषा आले मगर लगायत अन्य कलाकारहरु फिचर्ड छन् । उनीहरुको अभिनय भिडियोमा तारिफयोग्य छ ।
भिडियोलाई उमेश कार्कीले निर्देशन गरेका हुन् भने भिडियोमा मरुभुमी नारायणको छायांकन अनि रोशन धितालको सम्पादन रहेको छ । गीतलाई दर्शक स्रोताले एकदम रुचाएका छन् । युटुबमा पनि गीतलाई राम्रो राम्रो कमेन्ट प्राप्त भएको छ।
हेर्नुस् भिडियो:
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-12-26
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
