
काठमाडौं । हरेक मान्छे प्रशंसाको भोको हुन्छ । आफ्ना सम्बन्धमा कसैले सुन्दर भई शब्दमात्रै भनिदियो भने पनि ऊ सा¥है खुशी हुन्छ । प्रशंसा या तारिफको यहीनियमलाई श्रीमती (या प्रेमिकाका ) हकमा भरपूर प्रयोग गर्नु होस् । हरेक कुरामाउनको तारिफ गर्नु होस् । श्रीमतीको रुपकातारिफ गर्नु ।फिगरको तारिफ गर्नु होस् । खानापकाउने कलाको तारिफ गर्नु होस् ।
तर, तारिफ गर्दा ध्यानदिनु होलातपाई कतै झुटो या नपच्ने कुरा त बोलिरहनु भएको छैन ?आफ्नीश्रीमतीलाई तिमी त ऐश्वर्या रायभन्दापनि सुन्दर छ्यौं भन्नु भयो भने तपाई खुस्किनु भो बरु, नाममा अर्थ न बर्थका, उडन्ते अभिव्यक्तिप्रयोग गर्नु भयो भने उनलाई व्यङ्ग गरे जस्तो हुन जान्छ । त्यसैले ढङ्ग पु¥याएर तारिफ गर्नु होस् ।
तपाईकीश्रीमतीजागिर खान्नन् र शुद्ध गृहिण्ी हुन् भने तपाईमा म कमाउने मान्छे,हुँभन्ने अहम् हुन सक्छ । उनका घरायसीकामलाई तपाईको सम्मानजनक दृष्टिकोणले हेर्नु भएनभने उनीदुःखी हुने छिन् । घर चलाउनु निकै गा¥हो काम हो तपाईले कमाउनु मात्रै घर परिवारका लागि पर्याप्त हुँदैन । घर चलाउनतपाईको कामको आर्थिक मूल्यजति छ, उनको कामको आर्थिक मूल्य त्यो भन्दा कम हुँदैन । तपाईले उनलाई खुसी राख्न उनको कामको यथोचित कदर गर्नै पर्छ ।
तपाईको श्रीमती कामकाजी हुन् भने तपाईले उनलाई घरायसीकाममापनि सहयोग गर्नुपर्छ । विावाह गरिसकेपछि मायाप्रीतिका कुरा किन गरिरहनुप¥यो र भन्ने सोचाई छ भने त्यो एकदम गलत हो । श्रीमतीलाई सधै प्रेमिकाका रुपमा ग्रहण गर्नु होस् । बेला–मौकामाउनलाई भनिहाल्नुस, म तिमीलाई माया गर्छु या तिमीबिना म एकदम अपूरो र अधुरो छु ।
यसरी प्रेम दर्साइरहनु भयो भने उनले आफ्नो महत्वबोध गर्ने छिन् । उनलाई विश्वास दिलाउनु होस् कि तपाई उनलाई दिलो ज्यानले प्रेम गर्नु हुन्छ र उनको असाध्यै ख्याल गर्नुहुन्छ । विचारको सफलतामा रोमान्सको अहम् भूमिकाहुन्छ । रोमान्स यस्तै हुनुपर्छ भन्ने छैन । श्रीमतीलाई महिनाको एकचोटी फिल्म देखाउन लैजाननु या बाहिर खान लैजानु या उनको चुल्ठोमा एक थुंँगा फूल सिउरिदिनु, यी सब रोमान्स हुन् ।
प्रत्येक प्रेमपुर्ण व्यवहार रोमान्स हो । कम बचत या अधिक खर्चका लागि श्रीमतीलाई दोष नदिनु होस् । श्रीमतीलाई खटाई खटाई पैसा दिने बानी राम्रो होईन । घर चलाउन महिनाको निश्चित रकम उनको हातमा राखिदिनु राम्रो हुन्छ । यसले उनमा बजेटभित्र रहेर खर्च गर्ने जिम्मेवारी बढाउँछ । हरेक दिन उनले तपाईसँग पैसा मागिरहनुप¥यो भने उनले हीनताबोध महसूस गर्न सकिन्छन् । तपाईले उनलाई उनी पूर्णतःतपाईप्रतिनिर्भर छिन् भन्ने । अनुभूतगर्न दिनु हुन्न । पैसाको सन्र्दर्भमा आफूलाई बोस सावितगर्न खोज्नुभयो भने तपाईले श्रीमतीलाई खुसी राख्न सक्नु हुन्न ।
त्यसैले श्रीमतीको बोस होइन्, पार्टनर बन्नुहोस् । श्रीमतीलाई खुशी राख्ने राम्रो उपाय उपहार पनि हो । उपहार महँगो हुनुपर्छ भन्ने छैन । एक दर्जन चुरा, पाउजु जस्ता सामान्य उपहारले पनि उनलाई खुशी बनाउन सक्नुपर्छ । उपहार दिनका लागि जन्मदिन, विवाहको वर्षगाँठ, तीज या दशैँ जस्ता विशेष अवसर हुनैपर्छ भन्ने पनि छैन ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ८ पुष २०८१, सोमबार १६:३२
बसन्तपुर दरबार स्क्वायरमा मल्लकालीन “नौं तल्ले दरबार” सार्वजनिक अवलोकनका लागि खुला

विश्वव्यापी तापक्रम वृद्धि १.५ प्रतिशत डिग्रीमा सीमित राख्दा पनि तटीय क्षेत्र खतरामा

बिकास श्रेष्ठको उपचारका लागि आर्थिक सहयोगको अपिल

नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरिने

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

कोभिडका कारण भारतमा दुईको मृत्यु
