काठमाण्डौं । पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेनुका राईको स्वर रहेको छ । गीतकार चन्द्र जयपाल राईको शव्द संकलन तथा बसन्त सापकोटाको संगीत संयोजनमा रहेको पुर्वेली लोक भाका सार्वजनिक गरिएको हो ।
माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै मागी बिवाह गर्ने र भगाईलाने कुरामा दोहोरी चल्ने रोमान्टिक भाव गीतमा प्रस्तुत गरिएको छ । विक्रम डिसीको छायाँकन , मनोज कार्कीको सम्पादन तथा विल्सन विक्रम राईको निर्देशनमा भिडियो तयार गरिएको छ । मौलिक पुर्वेली लोक भाकामा प्रस्तुत गरिएको गीतमा सस्कार र सस्कृतिलाई समेटिएको गायिकाले बताइन । गीतको भिडियोमा विल्सन विक्रम राई , एलिसा राई , सोनाम तामाङको अभिनय तथा नृत्य देख्न सकिन्छ ।
भिडियो:
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-11-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
