बनेपा । शब्दयात्रा प्रकाशनले हरेक वर्ष १३ जना विद्यार्थीलाई नियमित रूपमा छात्रवृत्ति समर्पण गर्ने गरेको छ । त्यसमध्ये एउटा छात्रवृत्ति ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ पनि हो । काभ्रेपलान्चोक जिल्लामा महिला पत्रकारको सङ्ख्या बढोस् भन्ने उद्देश्यले यसै जिल्लामा पत्रकारिता विषय पढ्ने यसै जिल्लाका गरिब तथा जेहेन्दार छात्रामध्ये एउटी छात्राका लागि शब्दयात्रा प्रकाशनले यस छात्रवृत्तिको व्यवस्था गरेको हो ।
यस वर्ष २०८१ सालमा यो छात्रवृत्ति काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता विषय लिई स्नातक तह चौथो वर्षमा अध्ययनरत छात्रा अनिशा खत्रीलाई समर्पण गरिने भएको छ । काभ्रे बहुमुखी क्याम्पसको सिफारिसका आधारमा उनलाई यो छात्रवृत्ति प्रदान गर्न लागिएको हो । छात्रवृत्तिको रकम र प्रमाणपत्र यही मङ्सिर महिनामा समर्पण गरिनेछ । यसअघि यो छात्रवृत्ति पाँचवटी छात्रा (रन्जिता उप्रेती, सुजाता तिमल्सिना, रोमिला लुम्बा थापा, सुम्निमा मगर र विपासना शाक्य) ले पाइसकेका छन् ।
यस छात्रवृत्तिका लागि भोजपुरको देउरालीमा जन्मेर हाल पेप्सिकोला काठमाडौँमा बसोवास गरिरहेका लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले आफ्नी अर्धाङ्गिनी मनका श्रेष्ठको स्मृति र सम्मानस्वरूप शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिएका छन् । छात्रवृत्ति प्राप्त गर्न लागेकोमा अनिशा खत्रीलाई शब्दयात्रा प्रकाशन अग्रिम बधाई ज्ञापन गर्दछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-11-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
