
बनेपा । शब्दयात्रा प्रकाशनले साहित्यकार तथा पत्रकार आर. सी. विरहीलाई २५ हजार रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ । भोलि मङ्सिर ८ गते उनलाई सहयोग रकम समर्पण गरिनेछ ।
शारीरिक रूपमा अपाङ्गता भएका उहाँ हाल प्राकृतिक प्रकोपबाट पनि पीडित छन् । सहयोग गर्नुपर्ने विपत्तिपीडित वाङ्मयसेवीको पहिचान गर्न शब्दयात्रा प्रकाशनबाट गठित समितिले उनलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । समितिमा कालिका त्रिपाठी पन्त, कृष्णमणि कुइकेल र पुण्यवती घले छन् ।
स्मरणीय छ शब्दयात्रा प्रकाशनमा विपत्तिपीडित लेखक, पत्रकार र कलाकारहरूलाई आर्थिक सहायता गर्न २०७१ सालदेखि अक्षरसेवी सहयोग कोष खडा गरिएको छ र समस्यामा परेका विभिन्न वाङ्मयसेवीहरू (दण्डपाणि उपाध्याय, बुद्धिकृष्ण लामिछाने, बीके पाल्पाली, तिलक लुइटेल, कल्पना अधिकारी, नवराज न्यौपाने, युवराज गौतम आदि) लाई यस कोषबाट आर्थिक सहयोग गरिसकिएको छ ।
Sudina Shrestha
प्रकाशित: ७ मंसिर २०८१, शुक्रबार ०९:००
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति
