बनेपा । शब्दयात्रा प्रकाशनले साहित्यकार तथा पत्रकार आर. सी. विरहीलाई २५ हजार रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ । भोलि मङ्सिर ८ गते उनलाई सहयोग रकम समर्पण गरिनेछ ।
शारीरिक रूपमा अपाङ्गता भएका उहाँ हाल प्राकृतिक प्रकोपबाट पनि पीडित छन् । सहयोग गर्नुपर्ने विपत्तिपीडित वाङ्मयसेवीको पहिचान गर्न शब्दयात्रा प्रकाशनबाट गठित समितिले उनलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । समितिमा कालिका त्रिपाठी पन्त, कृष्णमणि कुइकेल र पुण्यवती घले छन् ।
स्मरणीय छ शब्दयात्रा प्रकाशनमा विपत्तिपीडित लेखक, पत्रकार र कलाकारहरूलाई आर्थिक सहायता गर्न २०७१ सालदेखि अक्षरसेवी सहयोग कोष खडा गरिएको छ र समस्यामा परेका विभिन्न वाङ्मयसेवीहरू (दण्डपाणि उपाध्याय, बुद्धिकृष्ण लामिछाने, बीके पाल्पाली, तिलक लुइटेल, कल्पना अधिकारी, नवराज न्यौपाने, युवराज गौतम आदि) लाई यस कोषबाट आर्थिक सहयोग गरिसकिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-11-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
