बनेपा । शब्दयात्रा प्रकाशनले हरेक वर्ष १३ जना विद्यार्थीलाई नियमित रूपमा छात्रवृत्ति समर्पण गर्ने गरेको छ । त्यसमध्ये एउटा छात्रवृत्ति ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ पनि हो । शारीरिक रूपमा विकलाङ्ग छात्रछात्राहरू शैक्षिक, बौद्धिक र मनोवैज्ञानिक रूपमा सबल बन्न सकून् भन्ने उद्देश्यले यस छात्रवृत्तिको व्यवस्था गरिएको हो ।
यस वर्ष २०८१ सालमा यो छात्रवृत्ति भक्तपुरको आदर्श निकेतन माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययन गरिरहेकी १४ वर्षकी विकलाङ्ग छात्रा रोशनी खत्रीलाई समर्पण गरिने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा प्रदीप केसी बन्जाराको संयोजकत्वमा गठित कालिका त्रिपाठी पन्त र सहदीप पलान्चोके सदस्य रहेको चयन समितिको निर्णयका आधारमा उहाँलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो । छात्रवृत्तिको रकम र प्रमाणपत्र यही मङ्सिर महिनामा समर्पण गरिनेछ । यसअघि यो छात्रवृत्ति चारजना छात्रछात्राले पाइसकेका छन् ।
यस छात्रवृत्तिका लागि भोजपुरको दिङ्लामा जन्मेर हाल शङ्खमूल काठमाडौँमा बसोवास गरिरहनुभएका लेखक तथा सहप्राध्यापक डा। रूपनारायण श्रेष्ठले आफ्ना मातापिता भूपलक्ष्मी श्रेष्ठ र मुक्तिबहादुर श्रेष्ठको स्मृति र सम्मानस्वरूप शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । छात्रवृत्ति प्राप्त गर्न लाग्नुभएकोमा रोशनी खत्रीलाई शब्दयात्रा प्रकाशन अग्रिम बधाई ज्ञापन गर्दछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-11-17
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !