
बनेपा । शब्दयात्रा प्रकाशनले हरेक वर्ष १३ जना विद्यार्थीलाई नियमित रूपमा छात्रवृत्ति समर्पण गर्ने गरेको छ । त्यसमध्ये एउटा छात्रवृत्ति ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ पनि हो । शारीरिक रूपमा विकलाङ्ग छात्रछात्राहरू शैक्षिक, बौद्धिक र मनोवैज्ञानिक रूपमा सबल बन्न सकून् भन्ने उद्देश्यले यस छात्रवृत्तिको व्यवस्था गरिएको हो ।
यस वर्ष २०८१ सालमा यो छात्रवृत्ति भक्तपुरको आदर्श निकेतन माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययन गरिरहेकी १४ वर्षकी विकलाङ्ग छात्रा रोशनी खत्रीलाई समर्पण गरिने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा प्रदीप केसी बन्जाराको संयोजकत्वमा गठित कालिका त्रिपाठी पन्त र सहदीप पलान्चोके सदस्य रहेको चयन समितिको निर्णयका आधारमा उहाँलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो । छात्रवृत्तिको रकम र प्रमाणपत्र यही मङ्सिर महिनामा समर्पण गरिनेछ । यसअघि यो छात्रवृत्ति चारजना छात्रछात्राले पाइसकेका छन् ।
यस छात्रवृत्तिका लागि भोजपुरको दिङ्लामा जन्मेर हाल शङ्खमूल काठमाडौँमा बसोवास गरिरहनुभएका लेखक तथा सहप्राध्यापक डा। रूपनारायण श्रेष्ठले आफ्ना मातापिता भूपलक्ष्मी श्रेष्ठ र मुक्तिबहादुर श्रेष्ठको स्मृति र सम्मानस्वरूप शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । छात्रवृत्ति प्राप्त गर्न लाग्नुभएकोमा रोशनी खत्रीलाई शब्दयात्रा प्रकाशन अग्रिम बधाई ज्ञापन गर्दछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २ मंसिर २०८१, आईतवार ०९:४७
कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको मृत्यु

उपसभामुखहरूको सम्मेलनबाट ७ बुँदे जनकपुर घोषणापत्र २०८२ जारी

राप्रपाले प्रदर्शनले निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

परराष्ट्रमन्त्री आरजु देउवा आज बैंकक जाँदै

हिमालय एअरलाइन्सद्धारा प्रयास नेपालका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

निषेधित क्षेत्रमा प्रदर्शन गरेर सामूहिक रूपमा थुनामा जान तयार छौं: लिङ्देन
