
काठमाणडौं । स्पेनका राष्ट्रिय फुटबल खेलाडी रोड्रीले यसवर्ष पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा रहेको थिएटर डु शाटेलेटमा भएको भब्य समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डरसमेत रहेका रोड्रीले यो वर्षको पुरुष ब्यालोन डी’ओर अवार्ड जितेका हुन् ।
रोड्रीले यसवर्ष स्पेनलाई युरो कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । साथै उनले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि पनि जितेका थिए । २८ वर्षीय रोड्री सेप्टेम्बरमा घुँडाको चोटले खेलबाट बाहिरिएका थिए ।
यसैबीच महिलातर्फको अवार्ड बार्सिलोनाकी एइताना बोनमतीले जितेकी छिन् । २५ वर्षीया एइतानाले स्पेन र बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै यो पुरस्कार जितेकी हुन् । यस्तै स्पेनका लागि महिला विश्वकप–२०२३ जिताउन योगदान गरेकी थिइन ।
यसैबीच, रियल म्याड्रिडले बालोन डी’ओर अवार्ड कार्यक्रम बहिष्कार गरेको छ । भिनिसियस जुनियरले बालोन डी’ओर जित्ने यसअघि अनुमान गरिएको थियो । तर अन्तिम समयमा रोड्रीले यो अवार्ड जित्ने भएपछि रियल म्याड्रिडले कार्यक्रम बहिष्कार गरेको हो ।
फ्रान्सको फुटबल फेडेरेसनले हरेक वर्ष दिने यो अवार्ड सन् २००८ देखि पहिलो पटक लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबाहेक तेस्रो खेलाडीले पाएका हुन् । यसअघि सन् २०१८ मा लुका मोड्रीच र सन् २०२२ मा करिम बेन्जमाले पाएका थिए । यस वर्ष भने मेस्सी र रोनाल्डो दुवै मनोनयनमा परेनन् । गएको वर्ष यो अवार्ड मेस्सीले जितेका थिए ।
Sudina Shrestha
प्रकाशित: १३ कार्तिक २०८१, मंगलवार ०९:०३
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
