काठमाण्डौ । अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो ।
अमेरिकाले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले अर्धशतक बनाए । यस्तै कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा नटआउट रहे । अमेरिकाका जसदीप सिंह र जुआनोए ड्रेस्डेलले १÷१ विकेट लिए ।
यसअघि डालासमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनायो । अमेरिकाका साइतेजा मुकामलाले ६८ तथा मिलिन्द कुमारले नटआउट ४३ रन बनाए । नेपालका सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।
अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल सुपर ओभरमा विजयी भएको थियो । टी–२० शृङ्खलापछि अब घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-10-21
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
