
काठमाण्डौ । दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई सुपर ओभरमा हराएको छ । अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा भेटायो । सुपर ओभरमा अमेरिकाले २ रन बनाएको थियो । नेपालका सोमपाल कामीले २ रन दिएर २ विकेट लिए ।
त्यसअघि नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रनमात्रै बनाउन सक्यो । नेपाल र अमेरिकाको स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको हो । अमेरिकाका आन्द्रेस गौसले सबैभन्दा धेरै ६२ रन बनाए । नेपालका करण केसीले ३, सोमपाल कामीले २ तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
यसअघि डालासमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाए । अमेरिकाका जसदीप सिंह र नोस्थुश केन्जिगेले समान २ विकेट लिए ।
यो जीतसँगै नेपालले तीन खेलको शृङ्खला एक खेलअघि नै जितेको छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।
Sudina Shrestha
प्रकाशित: ४ कार्तिक २०८१, आईतवार १०:१९
‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा नेपाल

एएफसी युमन्स एसिया कप क्वालिफायर्समा आज नेपाल र श्रीलंका खेल्दै

तीन पार्टीलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनुपर्छः सागर ढकाल

संघीय संसदका पाँच समितिको बैठक बस्दै

फिफा क्लब विश्वकपः यी हुन् क्वाटरफाइनलमा पुग्ने ८ क्लब

नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?
