
काठमाण्डौ । एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विसले जितेको छ । शनिवार बेलुका त्रिपुरेश्वरको कभर्ड हलमा भएको फाइनल खेलमा कर्णालीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हराउँदै उपाधि जित्यो ।
सुमित्रा रेग्मीको कप्तानीमा रहेको कर्णालीले सुरुवाती दुई सेटमा अग्रता बनाए पनि लगातार दुई सेट गुमाएपछि खेल अन्तिम तथा पाँचौँ सेटमा लम्बिएको थियो । अन्तिम सेटमा १५–१३ ले आफ्नो पक्षमा पार्दै कर्णालीले ट्रफी उचालेको हो ।
त्यसअघि शुरुको दुई सेट कर्णाली २५–१७, २५–२० ले जितेको थियो । सलिना श्रेष्ठ कप्तानीमा रहेको ललितपुरले तेस्रो सेट २५–१२ र चौथो सेट २८–१८ ले जित्यो । कर्णालीले लिग चरणमा पनि ललितपुरलाई हराएको थियो । ललितपुरले हारेको कर्णालीसँग मात्र हो । कर्णालीले अपराजित रहँदै उपाधि प्राप्त गर्यो। प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेकामा शीर्ष दुई टोली फाइनल पुगेका थिए ।
Sudina Shrestha
प्रकाशित: २० आश्विन २०८१, आईतवार १०:२६
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
