काठमाण्डौ । एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विसले जितेको छ । शनिवार बेलुका त्रिपुरेश्वरको कभर्ड हलमा भएको फाइनल खेलमा कर्णालीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हराउँदै उपाधि जित्यो ।
सुमित्रा रेग्मीको कप्तानीमा रहेको कर्णालीले सुरुवाती दुई सेटमा अग्रता बनाए पनि लगातार दुई सेट गुमाएपछि खेल अन्तिम तथा पाँचौँ सेटमा लम्बिएको थियो । अन्तिम सेटमा १५–१३ ले आफ्नो पक्षमा पार्दै कर्णालीले ट्रफी उचालेको हो ।
त्यसअघि शुरुको दुई सेट कर्णाली २५–१७, २५–२० ले जितेको थियो । सलिना श्रेष्ठ कप्तानीमा रहेको ललितपुरले तेस्रो सेट २५–१२ र चौथो सेट २८–१८ ले जित्यो । कर्णालीले लिग चरणमा पनि ललितपुरलाई हराएको थियो । ललितपुरले हारेको कर्णालीसँग मात्र हो । कर्णालीले अपराजित रहँदै उपाधि प्राप्त गर्यो। प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेकामा शीर्ष दुई टोली फाइनल पुगेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-10-06
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
