काठमाण्डौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा नेपाल पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाल एक सय तीन रनले पराजित भएको हो ।
क्यानडाले दिएको दुई सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर एक बलमा एक सय ५० रनमा अलआउट भयो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक २२ रन बनाए । क्यानडाका डेलिन हेलिगरले ५ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ५३ रन बनाएको थियो । क्यानडाका लागि कप्तान निकोलस किर्तनले अविजित ७३ रन बनाए । नेपालका ललित राजवंशी र सोमपाल कामीले समान २ विकेट लिए । एकदिवसीय खेलमा क्यानडासँग नेपाल पहिलो पराजय हो ।
यसअघि क्यानडासँग भएको तीनवटा खेलमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो । जितसँगै क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित नेपाल पाँच खेलमा एक जित र चार हारका साथ २ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-09-17
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
