काठमाडौं । विश्वकप लिग दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय किकेट श्रङ्खला आज क्यानडामा शुरु हुँदैछ । श्रङ्खलामा नेपाल, क्यानडा र ओमानबीच खेल हुन लागेको हो ।
आजको उद्घाटन खेलमा नेपालले घरेलु टोलीसँग खेल्दैछ । तालिकाअनुसार नेपालले दोस्रो खेल पर्सि असोज २ गते ओमानसँग, तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ ।
सबै खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुने छ । यो श्रङ्खला सकिएको २ दिनपछि असोज १२ देखि १७ गतेसम्म तीनवटै टोलीबीच टी–२० अन्तर्राष्ट्रिय श्रङ्खला हुँदैछ । त्यसपछि लिग दुईको अर्को त्रिदेशीय श्रङ्खला खेल्न नेपाली टोली अमेरिका जानेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-09-16
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
