
काठमाडौं । विश्वकप लिग दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय किकेट श्रङ्खला आज क्यानडामा शुरु हुँदैछ । श्रङ्खलामा नेपाल, क्यानडा र ओमानबीच खेल हुन लागेको हो ।
आजको उद्घाटन खेलमा नेपालले घरेलु टोलीसँग खेल्दैछ । तालिकाअनुसार नेपालले दोस्रो खेल पर्सि असोज २ गते ओमानसँग, तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ ।
सबै खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुने छ । यो श्रङ्खला सकिएको २ दिनपछि असोज १२ देखि १७ गतेसम्म तीनवटै टोलीबीच टी–२० अन्तर्राष्ट्रिय श्रङ्खला हुँदैछ । त्यसपछि लिग दुईको अर्को त्रिदेशीय श्रङ्खला खेल्न नेपाली टोली अमेरिका जानेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३१ भाद्र २०८१, सोमबार ०८:४४
बसन्तपुर दरबार स्क्वायरमा मल्लकालीन “नौं तल्ले दरबार” सार्वजनिक अवलोकनका लागि खुला

विश्वव्यापी तापक्रम वृद्धि १.५ प्रतिशत डिग्रीमा सीमित राख्दा पनि तटीय क्षेत्र खतरामा

बिकास श्रेष्ठको उपचारका लागि आर्थिक सहयोगको अपिल

नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरिने

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

कोभिडका कारण भारतमा दुईको मृत्यु
