
काठमाडौं । वरिष्ठ गीतकार हरि गोपाल प्रधानको शब्द रचना तथा गायिका सुबानी मोक्तानको स्वर रहेको ‘सरर बग्यो हावा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । छायांकन भएको डेढ वर्षपछि वरिष्ठ गीतकार हरि गोपाल प्रधानको उक्त विश्व कीर्तिमानी गीतको म्युजिक भिडियो ‘सरर बग्यो हावा’ कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको फुड कोर्टमा एक समारोहबीच संगीतकर्मी तथा संचारकर्मीहरुको बाक्लो उपस्थितिमाझ सार्वजनिक गरिएको हो ।

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख अतिथित्यमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा सांसद भगवती चौधरी, डा. रेखा यादव, सराज अहमद फारुकी, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, वल्र्ड बुक अफ रेकर्डस नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वाल र शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मन्जुश्री विशेष अतिथि थिए । उक्त भिडियोलाई प्रमुख अतिथि र विशेष अतिथिहरुबाट संयुक्त रुपमा सार्वजनिक गरिएको थियो ।
यस भिडियोमा चर्चित नेपाली ¥यापर निर्णय ९ल्क्प्० र ‘मिस नेपाल अर्थ २०२२’ डा. सरिशा श्रेष्ठको मुख्य भूमिका रहेको छ । कोरियोग्राफर तथा मोडलसमेत रहेकी आराध्यलक्ष्मी खड्कीले निर्देशन गरेको यस भिडियोको छायांकन/सम्पादन सोहन मानन्धरले गरेका हुन् । उक्त गीत कुलेखानीमा छायांकन गरिएको हो ।

यसअघि यो भिडियो पोखराको सारङ्गकोटबाट प्याराग्लाइडिङ उडान गरी १९०० मिटरको उचाइबाट पोस्टर र म्युजिक भिडियो सार्वजनिक गरि विश्व रेकर्ड राख्न सफल भएको थियो । ‘सरर बग्यो हावा’ गीतलाई यसअघि गायिका सरिता अधिकारीले गाएकी हुन् भने संगीत किशोर खतिवडा, वरिष्ठ संगीत एरेन्जर अमूल कार्की ढली, रेकर्डीङ्ग दीप तुलाधरले गरेका हुन् ।

यस भिडियोको लागि स्टिल फोटोपत्रकार पद्मसागर कक्षपति, जर्नादन अर्याल, ड्रेस डिजाइनमा तुल्सी प्रजापति, कुसुम श्रेष्ठ रहेको छ । यस भिडियोमा नृत्य कलाकार विविता पाण्डे, श्रीकृति बलामी, झरना रेग्मी, सुनिता खड्का र कृति बलामी रहका छन् । यस्तै एरेन्जमेन्टमा बालकृष्ण थारु, प्रोडक्सन मेनेजर निकेश सुवेदी, सागर श्रेष्ठ र निर्मातामा शब्दयात्रा प्रकाशन, बनेपा रहेका छन् ।

कार्यक्रममा उक्त गीतको रोकर्डिङ्ग र छायङ्कनलगायत अन्य कार्यमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने हरुलाई प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, विशेष अतिथिहरु सांसद भगवती चौधरी, डा.रेखा यादव, सराज अहमद फारुकी र शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मन्जुश्रीले संयुक्त रुपमा निर्णय श्रेष्ठ ९ल्क्प्०, सुबानी मोक्तान, डा. सरिशा श्रेष्ठ, आराध्यलक्ष्मी खड्गी, सोहन मानन्धर, कृष्णा (बल कृष्ण थारु), झरना रेग्मी, बिबिता पाण्डे, कृति बलामी, सुनिता खड्का, श्रीकृति बलामी, बुद्धि तामांग, निस्मा दली, तुलसी प्रजापति, कुसुम श्रेष्ठ, सागर श्रेष्ठ, निकेश सुबेदी (अनिशा सुबेदी), पद्मसागर कक्षपति, जनार्दन अर्याल, रिकेश डंगोल, बिशाल चौधरी, अमुल कार्की दली, सरिता अधिकारी, दीप तुलाधर, किशोर खतिवडा, हरि प्रसाद शर्मा (नरेन्द्र गैरे), होटेल पोखरा विल्लागे (देवेन्द्र गौतम), विजय गुरुङ, हिमालय स्कैइ अदवेनचौर, (बद्रि तिवारी), खाग राज पौडेल, कमल कुमार गुरुङ, सरोज बहादुर भुजेल, राम कुमार श्रेष्ठ, गौतम थापा, संजु परियार, माधव तिवारी, हरि मन्जुश्री, सागर कटवाल, नेपाल वायुसेवा निगम (दिकपाल सुवेदी), आरती पौडेल कटवाल, फुपू तेन्जिंग शेर्पा, सम्पदा गार्डेन होटेल, राजेन्द्र कुमार शर्मा, रेजिना तुलाधर, ओ.एस.आर डिजिटल, अजय अधिकारी (सुशील), रोजिन शाक्य, त्रृmजना डंगोल, बिश्वनाथ पोखरेल, सुदिना श्रेष्ठ, इ. जुनु त्वायना, प्रदिप राज पन्त, अन्जन भट्टराई, एम.पी. सुब्बा, कृष्ण मणि कुइकेल, निरज रंजित, प्रकाश काजी शाक्य, तृप्ति शाह, श्रद्धा छेत्री, भरत समरी, सिद् वाग्ले, वेल्कम पश्मिना हाउस, रामकृष्ण गर्तौला, सुजान सापकोटा, महेन्द्र शाही, अन्जली राई, निर्मला बिस्ट, श्रेजु वाग्ले, कल्पना गौतम, अमिता बिस्ट, अंश कटवाललाई साम्मान गरेका थिए ।

वल्र्ड बुक अफ रेकर्डस नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वालले यस गीतको सम्बन्धमा वल्र्ड रेकर्डस राख्न सफल भएको जानकारी दिँदै संक्षिप्त रुपमा गीतको बारेमा प्रष्ट्याएका थिए ।

वरिष्ठ पत्रकार÷फोटो पत्रकार साहित्यकार एवं समाजसेवी हरि गोपाल प्रधानले यस गीतमार्फत दोश्रोपटक विश्व कीर्तिमान राख्न सफल भएका छन् । कार्यक्रम संयोजक वरिष्ठ गायक श्री निर्णय श्रेष्ठले ९ल्क्प्० गरेका थिए भने नायिका तथा मिस अर्थ २०२२ डा. सरिशा श्रेष्ठले धन्यवाद दिँदै यस कार्यक्रमको समापन गरेकी थिइन् ।





























































रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २५ भाद्र २०८१, मंगलवार ०९:३७
Archaeology held a press conference to announce the return of 21 artefacts

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्दै, यस्ता छन् कार्यसूची

काठमाण्डौको वायु विश्वकै प्रदूषित, विषाक्त ग्यासको मात्रा उच्च

RPP holds torch rally protesting arrest of Mishra and Rana

दिल्लीले हैदरावादलाई ७ विकेटले

प्रदर्शनमा संलग्न १११ जना पक्राउ
