काठमाडौं । २०२४ बालोन डी’ओर अवार्डका लागि ३० खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन् । मनोनयनमा अर्जेन्टिनाका फरवार्ड लियोनेल मेसी र पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सूचीमा परेका छैनन् ।
सन् २००३ पछि ३९ वर्षीय रोनाल्डो वा ३७ वर्षीय मेसी दुवै सूचीमा नपरेको पहिलोपटक हो । आठ पटकको बालोन डी’ओर विजेता मेसीले २०२३ मा पुरस्कार पाएका थिए । रोनाल्डोले पाँच पटक अवार्ड जितेका थिए ।
सूचीमा इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र आर्सनलका संयुक्त आठ खेलाडी मनोनयनमा परेका छन् । ३० जनाको प्रारम्भिक सूचीमा इंग्ल्याण्डका मात्रै ६ खेलाडी छन् ।
इंग्ल्याण्डका कप्तान ह्यारी केन, मिडफिल्डर ज्युड बेलिंघम, फिल फोडन, डेक्लन राइस तथा फर्वार्ड बुकायो शाका र कोल पाल्मर सूचीमा परेका छन् । स्पेन तथा बार्सिलोनाका विंगर १७ वर्षीय ल्यामिन यमल समेत बालोन डी’ओरको सूचीमा परेका छन् ।
को–को छन् सूचीमा?
बेलिङ्घम (इंग्ल्याण्ड र रियल म्याड्रिड)
रुबेन डायस (पोर्चुगल र म्यानचेस्टर सिटी)
फिल फोडेन (इंग्ल्याण्ड र म्यानचेस्टर सिटी)
फेडेरिको भाल्भर्डे (उरुग्वे र रियल म्याड्रिड)
एमिलियानो मार्टिनेज (अर्जेन्टिना र एस्टन भिल्ला)
अर्लिङ हाल्यान्ड (नर्वे र म्यानचेस्टर सिटी)
निको विलियम्स (स्पेन र एथलेटिक बिलबाओ)
ग्रानित जाका (स्विजरल्याण्ड र बायर लेभरकुसेन)
आर्टेम डोभबिक (युक्रेन र रोमा)
टोनी क्रुस (पूर्व जर्मनी र रियल म्याड्रिड)
भिनिसियस जूनियर (ब्राजिल र रियल म्याड्रिड)
ड्यानी ओल्मो (स्पेन र बार्सिलोना)
फ्लोरियन विर्ट्ज (जर्मनी र बायर लेभरकुसेन)
मार्टिन ओडेगार्ड (नर्वे र आर्सेनल)
माट हुमेल्स (जर्मनी, फ्री एजेन्ट)
रोड्रि (स्पेन र म्यानचेस्टर सिटी)
ह्यारी केन (इंग्ल्याण्ड र बायर्न म्युनिख)
डेक्लान राइस (इंग्ल्याण्ड र आर्सेनल)
भिटिनहा (पोर्चुगल र पेरिस सेन्ट जर्मेन)
कोल पाल्मर (इंग्ल्याण्ड र चेल्सी)
ड्यानी कार्भाजल (स्पेन र रियल म्याड्रिड)
लामिन यमल (स्पेन र बार्सिलोना)
बुकायो साका (इंग्ल्याण्ड र आर्सनल)
हाकान काल्हानोग्लु (टर्की र इन्टर मिलान)
विलियम सलिबा (फ्रान्स र आर्सेनल)
केलियन एमबाप्पे (फ्रान्स र रियल म्याड्रिड)
लाउटारो मार्टिनेज (अर्जेन्टिना र इन्टर मिलान)
एडेमोलस लुकम्यान (नाइजेरिया र एटलान्टा)
एन्टोनियो रुडिगर (जर्मनी र रियल म्याड्रिड)
अलेजान्ड्रो ग्रिमाल्डो (स्पेन र बायर लेभरकुसेन)
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २० भाद्र २०८१, बिहीबार १०:४२
भिमसेनस्थानका साँ गुठीद्वारा मरूसतस्मा गजूरमा पतास् फेर्ने र गाई पूजा सम्पन्न
श्रीस्वास्थानी व्रत प्रारम्भस् चाँगुनारायण यात्रामा ऐतिहासिक भाँडाकुँडा फुटाउने परम्परा पुनः सम्पन्न
नेपाल सीनियर केयर र क्यान्सर निवारण प्रतिष्ठानबीच सम्झौता
पोखरामा एकै स्थानमा विभिन्न फरक ब्रान्डका सवारी साधनको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल हुने
सञ्चालनमा आयो पाँचतारे मर्क्युर होटल
पुलिसले जित्यो जय ट्रफीको उपाधि