
काठमाडौं । बालगायिका तथा र्यापर श्रेजु वाग्लेको गायन प्रतिभाको प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रशंसा गरेका छन् । ८ वर्षीया र्यापर गायिका श्रेजुले ‘जस होस्’ गीत गाएपछि प्रधानमन्त्री ओलीले प्रशंसा गरेका हुन् ।
गायिका श्रेजुले केही दिनअघि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा ‘जय होस’ गीत गाएर सुनाएकी थिइन् । प्रस्तुती सुनेपछि प्रधानमन्त्री ओलीले श्रेजुको प्रशंसा गर्दै बधाई दिए ।
श्रेजु नेपाली र संस्कृत भाषामा र्यापर गाउने सम्भवः नेपालकै पहिलो बालगायिका हुन् । उनले ‘जय होस्’ गीतमा नेपालमा लोपोन्मुख हिन्दु धर्मालम्बीले बिहान–बिहान जप गर्ने मन्त्रलाई र्यापमा गाएकी छन् । जुन मन्त्र पहिले विहान उठ्नेवित्तिकै आफ्नो दूई हत्केला हेरेर जप्ने गर्दथे ।
‘धर्तिमा पाउ राख्छु, क्षमा पाउँ धर्ती माता’ भन्ने मन्त्र गाएर दिनको शुभारम्भ गरिन्थ्यो । सोही मन्त्रलाई गायिका श्रेजुले र्याप ’ गीतमार्फत सन्देश दिएकी छन् । उक्त गीत अहिले युट्युबमा समेत चर्चामा छ ।
Sudina Shrestha
प्रकाशित: ११ भाद्र २०८१, मंगलवार १८:४७
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
