काठमाडौं । बालगायिका तथा र्यापर श्रेजु वाग्लेको गायन प्रतिभाको प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रशंसा गरेका छन् । ८ वर्षीया र्यापर गायिका श्रेजुले ‘जस होस्’ गीत गाएपछि प्रधानमन्त्री ओलीले प्रशंसा गरेका हुन् ।
गायिका श्रेजुले केही दिनअघि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा ‘जय होस’ गीत गाएर सुनाएकी थिइन् । प्रस्तुती सुनेपछि प्रधानमन्त्री ओलीले श्रेजुको प्रशंसा गर्दै बधाई दिए ।
श्रेजु नेपाली र संस्कृत भाषामा र्यापर गाउने सम्भवः नेपालकै पहिलो बालगायिका हुन् । उनले ‘जय होस्’ गीतमा नेपालमा लोपोन्मुख हिन्दु धर्मालम्बीले बिहान–बिहान जप गर्ने मन्त्रलाई र्यापमा गाएकी छन् । जुन मन्त्र पहिले विहान उठ्नेवित्तिकै आफ्नो दूई हत्केला हेरेर जप्ने गर्दथे ।
‘धर्तिमा पाउ राख्छु, क्षमा पाउँ धर्ती माता’ भन्ने मन्त्र गाएर दिनको शुभारम्भ गरिन्थ्यो । सोही मन्त्रलाई गायिका श्रेजुले र्याप ’ गीतमार्फत सन्देश दिएकी छन् । उक्त गीत अहिले युट्युबमा समेत चर्चामा छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
