
काठमाण्डौ । एटलान्टालाई हराउँदै रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । पोल्यान्डको नेशनल स्टेडियम वर्षामा गएराति भएको खेलमा रियल मड्रिडले एटलान्टालाई २–० गोलको अन्तरले पराजित गरेको हो ।
रियल मड्रिडका लागि डेब्यु गरेका फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पे र फेडेरिको भाल्भेर्देले गोल गरे । भाल्भेर्देले खेलको ५९ औँ र एमबाप्पेले ६८ औँ मिनेटमा गोल गरे । एमबाप्पे गएको जुलाई १६ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन ९पीएसजी० बाट स्पेनी क्लब रियल मड्रिडमा अनुबन्ध भएका थिए ।
रियल मड्रिडले कीर्तिमानी छैटौं पटक सुपर कपको उपाधि जितेको हो । मड्रिडले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा उपाधि जितेको थियो । यस्तै बार्सिलोना र एसी मिलानले समान पाँच पटक उपाधि जितेका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३१ श्रावण २०८१, बिहीबार ०८:३४
सुनको मूल्यमा नयाँ रेकर्ड, ४ हजार बढेर १ लाख ७४ हजार ५०० रुपैयाँ पुग्यो

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

आज तराईमा होली मनाइँदै

युक्रेनसँगको युद्धविराममा सहमत नभए रुसले विनासकारी परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

युवाहरूबीच झगडा हुँदा एकको मृत्यु

The price of gold being traded at Rs 170,500 per tola
