
काठमाडौं । ‘प्रभु बैंक मिस मंगोल नेपाल–२०२४’को उपाधि खोटाङकी २३ वर्षीया एन्जल राईले जितेकी छन् । नेपाल आदिवासी जनजाती महासंघको सहकार्यमा एक्सन इन्टरटेनमेन्टद्धारा आयोजित ‘मिस मंगोल नेपाल’को यस १४औं संस्करणमा उनले ‘मिस ट्यालेन्ट’को उपाधिसमेत हात पार्न सफल भइन् ।

एन्जलले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् भने स्नातक अध्ययनरत एन्जलले प्रभू बैंक, नेपाल आदिवासी जनजाती महासंघ, रिडी ग्रुप लिमिटेड एवं नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दुत भई काम गर्ने अवसरसमेत पाएकी छन् ।

प्रतियोगितामा पाँचथरकी बिपिका लिम्बु सेकेन्ड रनरअप हुन सफल भएकी छन् । स्नातक अध्ययनरत २१ वर्षीया लिम्बुले ५० हजार रुपैयाँ पुरस्कार पाएकी छन् । त्यसैगरी बाराकी १७ वर्षीया शाहिशा राईले ‘मिस मंगोल मधेश’सहित सेकेन्ड रनरअपको उपाधि जितेकी छन् । साथै, उनले २५ हजार रुपैयाँ प्राप्त गरेकी छन् ।

वरिष्ठ चलचित्र निर्देशक एवं अभिनेता नीर शाह प्रमुख निर्णायक रहेको प्रतियोगितामा संस्कृतिविद डा. भक्त राई, हास्य कलाकार मनोज गजुरेल, पूर्वमिस मंगोल जाङमु इन शेर्पा, शिक्षासेवी एवं प्याजेन्ट कोज पूर्ण लामा र स्टाफ कलेज पुल्चोकका डेपुटी डाइरेक्टर शिवहरी अधिकारी निर्णायक रहेका थिए ।

प्रभु बैंको शीर्ष प्रायोजन रहेको प्रतियोगितामा मिस मंगोल कोशी मिश्रा राई (भोजपुर), मिस मंगोल मधेश शाहिशा राई (बारा), मिस मंगोल बागमती मञ्जु तामाङ (रामेछाप), मिस मंगोल गण्डकी स्मारिका थापा (पूर्व नवलपरासी), मिस मंगोल लुम्बिनी काजोल थारु (बर्दिया), मिस पर्सनालिटी मेन्दा ल्याह्मु शेर्पा (शंखुवासभा) घोसित भए । आइआइएफटीले तयार पारेको पहिरन र एसिका एकेडेमीको मेकअप तथा हेयर स्टाइलमा प्रतियोगीहरु मञ्चमा देखिएका थिए ।

विगत १४ बर्ष देखि लगातार आयोजना भइरहेको एउटा स्तरीय कार्यक्रम “मिस मंगोल २०२४” को औपचारिक कार्यक्रमको उद्घोषण पश्चात् सम्माननीय सभामुख देवराज घिमिरेबाट विजेताहरुलाई शुभकामनासहित अन्य सहयोगिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा यस वर्षदेखि मिस मंगोल नेपाललाई नेपाल क्यान्सर निवारण परिषद्बाट सद्भावना नियुक्ती गरेको परिषद्का अध्यक्ष हरिगोपाल प्रधानले सोको प्रमाण–पत्र हस्तानतरण गरेका थिए ।

मिस मंगोल नेपाल १० जनालाई ताज:
मिस मंगोल नेपाल मुलुकको संघीय संरचनाअनुसार आयोजना हुँदै आएको छ । मिस मंगोल प्रदेश एक, मिस मंगोल मधेश, मिस मंगोल बागमती, मिस मंगोल गण्डकी, मिस मंगोल लुम्बिनी, मिस मंगोल गण्डकी र मिस मंगोल सुदूसुरपदू श्चिम गरी सातवटै प्रदेशका उत्कृष्ट एकएकजना प्रतियोगीले ताज पाउनेछन् । सबै प्रदेशमध्येबाट मिस मंगोल नेपाल विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप गरी १० जनाले ताज पाउनेछन् । प्रदेशका विजेतालाई सबटाइटल मानिएकाले प्रदेश टाइटल विजेताले मिस मंगोल नेपाल, फस्ट रनरअप वा सेकेन्ड रनरअपको उपाधि पनि पाउन सक्नेछन् ।

मिस मंगोल नेपालः संस्कृति र प्रतिभाको सम्मान
सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको मिस मंगोल नेपाल रूपमा सौन्दर्य प्रतियोगिता भए पनि सारमा एउटा सांस्कृतिक अभियान हो । नयाँ पुस्तामा निहित प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, नेतृत्वदायी भूमिका निर्वाह, नारी सशक्तीकरण, सांस्कृतिक संरक्षण एवंजागरण तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना हुँदै आएको छ ।

एक्सन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको यस प्रतियोगितामार्फत देशभरका सयौं प्रतिभावान युवयुतीले आफ्नो वृत्तिवृ विकास गर्दै आएका छन् । पाइलट, डाक्टर, इन्जिनियरजस्ता विशिष्ट विधादेखि अभिनेत्री, गायिका, नर्स, एअर होस्टेज, मोडेल लगायत विभिन्न क्षेत्रमा स्थापित युवयुतीहरूको सहभागिताले मिस मंगोल नेपाललाई अझ प्रतिष्ठित र गरिमामय बनाएको छ ।

सौन्दर्य प्रतियोगिताप्रति युवा पुस्पुतामा देखिएको रुचि र रहरमा मौलिक कला, भाषा, खानपान, गरगहना, रहनसहन, भेषभूषा एवं मौलिक संस्कृतिलाई फ्युजन गराउन सक्यो भने यसले एकातिर युवाको चाहनालाई सम्बोधन गर्छ भने अर्कोतर्फ संस्कृति संरक्षण र सांस्कृतिक चेतनालाई उर्वर बनाइदिन्छ । मिस मंगोल नेपालको अर्को लक्ष्य र उद्देश्य यो पनि हो । एक्सन इन्टरटेनमेन्ट अध्यक्ष असोक व्यासी राई रहेका छन् । यस प्रतियोगिताको वरिष्ट कोरियोग्रफर रोजिन शाक्यले गरेका थिए ।

मिस मंगोल नेपाल हालसम्मका विजेताहरुः
सृष्टि राजकर्णिकार २००९
वर्षा रानी गुरुङ्ग २०१०
सुम्निमा देवान २०११
सपना रोका मगर २०१२
मुस्कान लिम्बु २०१३
डा. अनिता गुरुङ्ग २०१४
डा. निमा पुन २०१५
प्रिति गुरुङ्ग २०१६
अनिता लामा २०१७
जनगुमु इन शेर्पा २०१८
शिभिरा लामा २०१९
अप्रिला घिसिङ लामा २०२१
पासाङ डोल्मा शेर्पा २०२२
एन्जल राई २०२४















रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २८ श्रावण २०८१, सोमबार १०:५७