काठमाडौं । डा. सरिशा श्रेष्ठ (पूर्व मिस नेपाल अर्थ २०२२) ले बोस्टनको हार्वर्ड मेडिकलबाट बिरामी सुरक्षा, गुणस्तर, सूचना विज्ञान र स्वास्थ्य नेतृत्वमा स्नातकोत्तर गरेकी छिन् । यो एक पूर्ण मान्यता प्राप्त स्नातकोत्तर सर्टिफिकेट कोर्स हो जसले बिरामीको सुरक्षा, डाटा एनालिटिक्स मार्फत विरामी हेरचाहको गुणस्तर सुधार गर्न, अस्पताल र समुदायमा विद्यमान जटिल स्वास्थ्य सेवा प्रणालीमा वास्तविक–समयमा स्वास्थ्य समस्याहरू समाधान गर्न स्वास्थ्य सेवकहरू सिर्जना गर्दछ ।

यी कोर्सहरु अमेरिकी मेडिकल एसोसिएसन, युरोपेली र क्यानाडाली मान्यता प्राप्त छ । विभिन्न ३० देशका १२० विद्यार्थीहरूको एक साथ विश्वव्यापी समूह रहेको श्रेष्ठले जानकारी दिइन् । यो पूर्ण रूपमा क्याम्पसमा पाठ्यक्रम हुन्थ्यो तर कोभिड–१९ पछि, यस विषयलाई बोस्टनको हार्वर्ड मेडिकल स्कूलमा अनलाइन कक्षाहरू, थेसिस प्रस्तुतीकरण र स्नातकको साथ हाइब्रिड शैलीमा पाठ्यक्रम रहेको छ ।

चिकित्सा त्रुटिहरू विशेष गरी हामीजस्ता विकासोन्मुख देशहरूमा ठूलो समस्या भएकाले, यो पाठ्यक्रमले बिरामीहरूलाई उच्च स्तरको हेरचाह प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई सीप प्रदान गर्छ । बिरामी सुरक्षाबारेको प्रस्तुतीकरणमा ‘बेस्ट टिम प्रेजेन्टर’को सम्मान प्राप्त गरेकी डा. सरिशाले यसबाट नेपालको अस्पतालहरूमा परिवर्तनको अनुभुति दिन र स्वास्थ्य सेवामा लागेकाहरुलाई सीप र क्षमताहरू अविबृद्धि हुन्छ भनिन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-12
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
