
– हरि गोपाल प्रधान
काठमाडौं । ‘मिस नेपाल वर्ल्ड–२०२४’ को उपाधि आश्माकुमारी केसीले हासिल गरिन् भने ‘मिस नेपाल अर्थ–२०२४’को उपाधि सुमना केसी र ‘मिस नेपाल इन्टरनेशलन–२०२४’ करुणा रावत बनेकी छन् । ललितपुरको गोदावरीस्थित द सनराइज कन्फ्रेन्सन हलमा २०८१ साउन १९ गते सम्पन्न ग्राण्ड फिनालेमा आश्माकुमारी, सुमना र करुणालेल उक्त उपाधि जितेकी हुन् ।

मिस नेपाल वर्ल्डको उपाधि जितेकी आश्माकुमारीलाई गत वर्षकी मिस नेपाल वर्ल्ड विजेता श्रृच्छा प्रधान, मिस नेपाल अर्थको उपाधि जितेकी सुमना केसीलाई गत वर्षकी मिस अर्थ क्या. रैना मजगैया, मिस नेपाल इन्टरनेशलनकी विजेता करुणा रावतलाई गत वर्षकी मिस नेपाल इन्टरनेशनल प्रसिद्धि शाहले क्राउन हस्तान्तरण गरीन् ।

कार्यक्रममा ११ निर्णायकहरु उपस्थित थिए । जसमा डा. रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य, साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रियंका रानी जोशी, शरद भेषावकर, रियासा दाहाल, विष्णुहरि पाण्डे र सकुन भण्डारी थिए ।

प्रतियोगीहरुलाई जल वायु परिवर्तनबारे प्रश्न सोधिएको थियो । जसमध्ये आश्माकुमारीले उत्कृष्ट जवाफ दिँदै यस वर्षको मिस नेपाल वल्र्ड बन्न सफल भएकी हुन् । आश्माकुमारीले आगामी ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । हिडेन ट्रेजरद्वारा आयोजित मिस नेपालको यस ३०औँ संस्करणमा २६ जना प्रतिस्पर्धी फाइनलमा पुगेका थिए । जसबाट टप १२ हुँदै टप–६ छनोट गरिएको थियो ।

फाइनलिस्ट प्रतियोगीमा ईन्जिनियर शुभेच्छा कार्की, आश्माकुमारी केसी, डाक्टर सुमना केसी, डाक्टर निभिता चापागाईं, स्रिमिका मानन्धर (अमेरिका), इन्जिनियर आँचल खत्री (अष्ट्रेलिया), ऊर्जा नेवा, करुणा रावत (अष्ट्रेलिया), अञ्जना पुन (हङ्गकङ्ग), राधिका थापा, इभा गिरी, दृष्टि थापा, दिक्षा अवस्थी (अधिवक्ता), इरिना श्रेष्ठ, ललिता शेर्बुजा मगर (अष्ट्रेलिया), किम्ती श्रेष्ठ, प्रेरभिता स्वार (अष्ट्रेलिया), रोशनी दाहाल, इन्जिनियर समीक्षा निरौला, प्रसुना भुषाल, पूजा बराल (दक्षिण कोरिया), सायरा खड्का (अमेरिका), अम्बिका राणा, अनिशा मल्ल (अष्ट्रेलिया), श्रद्धासुमन सिलवाल र सामिन कोइराला रहेका थिए ।

मिन नेपाल बल्र्ड–२०२४ को कार्यक्रमहरु २०२४ साउन २१ गते ललितपुरको हिमालय होटलमा गरिएको थियो । कार्यक्रममा मिस माल्टा, मिस नेपालका प्रतियोगीहरु लगायत प्रायोजकहरु र अन्य सहयोगीहरुलाई दि हिडेन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापित, उपाध्यक्ष शरद कुमार श्रेष्ठ, पुर्वअध्यक्षहरु गोपाल सुन्दरलाल कक्षपति, सुर्वण क्षेत्री, दिवाकर राजकर्णिकार, निर्देशक सुरेशबहादुर मल्ल, गिरिन्द्रमान राजवंशी, रुपेश प्रधान, कान्तिमान सिंह र प्रमोदरत्न कंसाकारले प्रमाण–पत्र प्रदान गरेका थिए । उक्त कार्यक्रमपश्चात पूर्व मिस नेपालहरु लगायत सम्पूर्ण सहभागीताहरुलाई रात्री भोज आयोजना गरी विदाई गरिएको थियो ।

यस प्रतियोगिताको वरिष्ट कोरियोग्राफर रचना गुरुङ्गले गरेकी थिइन् । यस्तै, प्रतियोगिताहरुलाई विमला राई, कास, जीवान प्लेनिटारले पहिरन तयार गरेका थिए भने स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाईनर (आई.आई.एफ.टी) का विद्यार्थीहरुले पहिरनका डिजाईनहरु गरेका थिए ।
नेपालमा विभिन्न सुन्दरी प्रतियोगिताहरु आयोजना मध्येमा प्रतिष्ठीत र उच्च मानिने हुँदा यस प्रतियोगितामा भाग लिन धनगढी, पोखरा, चितवन, विरगंज, इटहरी, धरान, भैरहवा, हेटौडा, सुर्खेतलगायत नेपालका विभिन्न स्थानहरुबाट र विदेशमा रहेका नेपालीहरुले उक्त प्रतियोगितामा भाग लिन नेपाल आएका थिए । मिस नेपाल सुन्दरी प्रतियोगिता ३० वर्ष अगाडि देखी नै आयोजना हुँदै आइरहेको छ ।

































रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २३ श्रावण २०८१, बुधबार १०:१८
बिर्तामोड सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुरुवातबाटै पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा घटदो

Body of Maharjan, killed in Tinkune protest, handed over to family

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा

राष्ट्रिय सभाबाट पारित भयो ५ वटा विधेयक

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली
