काठमाडौं । ‘मिस नेपाल वर्ल्ड–२०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा केसीलाई ‘मिस नेपाल वर्ल्ड–२०२४’को उपाधि प्रदान गरिएको हो ।
उनलाई गत वर्र्षकी मिस नेपाल वर्ल्ड विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् । यस्तै, ‘मिस नेपाल अर्थ–२०२४’को उपाधि सुमना केसीले पाएकी छन् भने ‘मिस नेपाल इन्टरनेशलन–२०२४’ करुणा रावत बनेकी छन् ।

कार्यक्रममा ११ निर्णायकहरु उपस्थित थिए । जसमा डा. रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य, साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रियंका रानी जोशी, शरद भेषावकर, रियासा दाहाल, विष्णुहरि पाण्डे र सकुन भण्डारी थिए ।
हिडेन ट्रेजरद्वारा आयोजित मिस नेपालको यस ३०औँ संस्करणमा २६ जना प्रतिस्पर्धी फाइनलमा पुगेका थिए । जसबाट टप १२ हुँदै टप–६ छनोट गरिएको थियो । टप–६ मा परेका प्रतियोगीहरुलाई जल वायु परिवर्तनबारे प्रश्न सोधिएको थियो । जसमध्ये आश्माकुमारी ले उत्कृष्ट जवाफ दिँदै यस वर्षको मिस नेपाल वल्र्ड बन्न सफल भएकी हुन् । आश्माकुमारी ले आगामी ‘मिस वल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-04
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
