
काठमाडौं । वल्र्ड रेकर्ड होल्डर एवं वरिष्ठ गीतकार हरि गोपाल प्रधानको सभापतित्वमा “बाखरी बोल”को रिमिक्स गीत सार्वजनिक गरिएको छ । वरिष्ठ र्यापर निर्णय ल्क्प को निर्देशनमा बनेको “बाखरी बोल”को रिमिक्स गीत सिटिसि मुभिजको प्राङ्गनमा २०८१ साल श्रावण १७ गते सार्वजनिक गरिएको हो ।

जसमा डिजे एलक्स तथा सिड वाग्ले र हाउडे मायाको स्वर रहेको छ । उक्त कार्यक्रममा वरिष्ठ सिने कलाकार सनी रौनियार, संचारकर्मी हरि शरण लामिछाने, वरिष्ठ गितकार विप्लप प्रतिक, नारायण प्रसाद आचार्य, गायक सचिन रौनियार, भीम तुलाधर, अजय अधिकारी (सुशिल) रवीन महर्जन, सुनिल उप्रेती, युवराज चौलागाई र गायिका रीता के.सी. को उपस्थिती रहेको थियो ।

उक्त गीतको छायाँकंन नेपालमा सामरी इन्टरनेशनल इभेन्टस् र बेलायतमा कुशल श्रेष्ठले गरिएको थियो तथा सम्पादन हिलिम प्रोडक्सनद्वारा गरिएको थियो । मेनुका माझी, सुस्मिता तिमिल्सीना, सन्तोषी कार्की, निसा तामाङ्ग, प्रतिमा डन्गुरा, अस्मिता तामाङ, रुपेश शेर्पा, आषिश बोगतीद्वारा आ– आफ्नो उत्कृष्ट कला प्रस्तुती गरिएको थियो ।

उक्त कार्यक्रममा विप्लप प्रतिकले एक उत्कृष्ट गीत तथा म्युजिक भिडियो बनेको प्रतिक्रिया दिए तथा उक्त गीत हेरेपछि नारायण प्रसाद आचार्यले २७ वर्षको उमेरमा पुगे जस्तो भन्ने अनुभव सुनाए । विशिष्ट पाहुनाहरुले गीत तथा भिडियोको सफलताको कामना सहित आ–आफ्नो धारणा दिएका थिए ।

वरिष्ठ गीतकार हरि गोपाल प्रधानले कलाकार तथा सम्मानीय व्यक्तित्वहरुलाई सम्मान गरी रुद्राक्ष लगाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए र गीतको उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिएका थिए । उक्त गीतको सार्वजनिक कार्यक्रममा दर्शकहरु सिड वाग्लेको र्यापमा सुरमा सुर मिलाई झुमिरहेका थिए ।
हेर्नुहोस् भिडियो:
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १८ श्रावण २०८१, शुक्रबार ०९:२०
Durga Prasain, seven others sent to Dillibazaar Jail

काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त :प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह

श्री अरुणोदय माध्यमिक विद्यालयले ७५औं वार्षिकोत्सव हीरक महोत्सव तथा अभिभावक दिवस समारोह मनायो

Community-led flood drill strengthens disaster preparedness in Krishnapur

इजरायलद्वारा इरानमाथि सैन्य कारबाहीको उद्घोष

वेस्ट इन्डिजसँग नेपालले टी–२० शृङ्खला खेल्ने
