काठमाडौं । लिम्बू संस्कृति तथा संस्कारमा आधारित चलचित्र ‘सुगुप’ अब नेपाली भाषामा विश्वको विभिन्न देशमा प्रदर्शन हुने भएको छ ।
लिम्बू भाषामा निर्माण भएको यो चलचित्र यसअघि हङकङसहित काठमाडौं र नेपालको पूर्वी शहरहरुमा बिशेष प्रदर्शन भइसकेको छ । लिम्बू भाषामा रुचाइएको यो फिल्मलाई अब नेपाली भाषामा डब गरेर प्रदर्शन गर्न लागिएको निर्माणपक्षले जनाएको हो ।
लोकेन साँवा लिम्बूद्वारा निर्देशित ‘सुगुप’को नेपाली भाषाको पहिलो टेलर सार्बजनिक गरिएको छ । निर्देशक लोकेनले ‘सुगुप’ विश्वको विभिन्न देशमा प्रदर्शनको तयारी गरिएको बताए । उनका अनुसार ‘सुगुप’ सिसेक्पा तङ्नामको अवसरमा अमेरिका, कोरिया, बेलायत, जापान, दुबाई, मलेसिया, इजरायललगायतका देशमा प्रदर्शन हुने भएको छ ।
नेपाल र भारतको विभिन्न ठाउँमा छाँयाङकन गरिएको चलचित्र ‘सुगुप’मा अभिनेता प्रेम सुब्बा, मौसम ईम्बुङ ९फुलेन्देको बाउ० र बबिता नेयोङहाङको मुख्य भुमिका रहेको छ ।
साथै, चलचित्रमा यासेली योङहाङ, सुम्निमा खापुङ, डम्बरकुमारी पयाङगो, नीता लिम्बू, पन्ना आङ्बो, योमन सोदेम्बा, तिर्थ मादेम्बा, सैलेन्द्र नाल्बो, रुकमान लिम्बू, मनकुमार योङहाङ, रबिनकुमार नाल्बो, उदय बेघा,य ुवराज इस्बो, ईन्द्रा पन्धाक र लिला सेलिङ माबोको पनि अभिनय देख्न पाइन्छ ।
रबिनकुमार नाल्बो लिम्बूको निर्माण रहेको यो चलचित्रमा युवराज राईको छायाँकन, बिपिन मल्लको सम्पादन, अशोक राईको संगीत, कमल राईको नृत्य र किसोर सम्बाहाङफेको द्वन्द निर्देशन रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-07-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
