
बनेपा । शब्द यात्रा प्रकाशनले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई विभिन्न सम्मान समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनले येही २०८१ जेठ २६ गतेका दिन एक भब्य कार्यक्रमका बीच सम्मान समर्पण गरेको हो ।

प्रकाशनले ललितपुरका प्रा. डा. मुकेशकुमार चालिसेलाई रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान प्रदान गरेको थियो । नेपालका विभिन्न ठाउँमा भएका वन्यजन्तुहरूको बानी बेहोरा र विविध प्रणालीका बारेमा अध्ययन–अनुसन्धान गरी विशेषज्ञता हासिल गर्ने क्रममा बाँदरका विषयमा विद्यावारिधि गरेर बाँदरका भाले र पोथीको खानाका विषयमा पहिलोपल्ट जानकारी दिई प्राणीहरूको वैज्ञानिक अध्ययन–अनुसन्धान गर्नमा नेपाल पनि सक्षम र सफल छ भन्ने सन्देश विश्वलाई दिएको र नेपालका प्रसिद्ध प्राणी शास्त्री तथा वैज्ञानिकका रूपमा विश्वमा ख्याति आर्जन गरेको हुँदा यो सम्मान प्रदान गरिएको प्रकाशनले जनाएको छ ।

सिन्धुलीका किरण थापालाई शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान प्रदान गरिएको छ । समाजसेवा र सामाजिक जागरणका क्षेत्रमा आफ्ना पिता कर्मयोगी बद्री विक्रम थापाको उत्तराधिकार ग्रहण गरी विभिन्न संस्थाहरूका माध्यमबाट समाजोत्थान र पूर्वीय आदर्शको पुनर्जागरणका लागि आवश्यक पर्ने विविध कार्यहरू सम्पन्न गरेर अनुकरणीय आदर्श कायम गर्नुका साथै कर्मयोगी बद्री विक्रम थापा स्मृति सेवा गुठीको अग्रसरतामा चेतनायात्रा, पुस्तक प्रकाशन आदि जस्ता कार्यक्रमहरूको आयोजना गरी नेपालका विभिन्न भूभागमा पुगेर सामाजिक जागरण गराउन सक्रिय रहेकाले यो सम्मान प्रदान गरिएको प्रकाशनले जनाएको छ ।

रुपन्देहीका महाकाव्यकार सिर्जना खनाललाई शब्दयात्रा कल्याण लम्साल सिर्जना सम्मान प्रदान गरिएको छ । शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित कृतिहरू मध्ये पाठक मतका आधारमा सर्वोत्कृष्ट ठहरिएको कृतिका कृतिकारलाई पछिल्लो वर्ष समर्पण गर्ने गरी कवि कल्याण लम्सालले कोष व्यवस्थापन गरेको ‘शब्दयात्रा कल्याण लम्साल सिर्जना सम्मान’ हरेक वर्ष समर्पण गर्ने गरिएकोमा यस वर्ष २०८१ सालका लागि यो सम्मान पौरस्त्य सिद्धान्तले महाकाव्यमा हुनुपर्ने भनी निर्धारण गरेका विशेषताहरूबाट पूर्ण भएको र २०८० साल मङ्सिरमा शब्दयात्रा प्रकाशनबाट छापिएको चार सय पृष्ठको महाकाव्य ‘युगपुरुष’ लेखेकोमा यो सम्मान समर्पण गरिएको हो ।

यसैगरी बाँकेका किरण आचार्य पौडेललाई शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान समर्पण गरिएको छ । लामो समयसम्म अध्यापन गर्ने क्रममा आफूले अध्यापन गरेको शिक्षण संस्थाका विद्यार्थीहरूलाई शिक्षण सामग्रीबाट सुसज्जित गराउन, आफ्नो विषयमा गुणस्तरीय शिक्षा दिन, विद्यार्थीहरूको मनोवृत्ति बुझेर त्यसै अनुरूपको शिक्षण शैली अवलम्बन गर्न, पढाइमा कमजोर विद्यार्थीहरूलाई प्रोत्साहन दिई मानसिक रूपमा सबल र सक्षम बनाउन तथा विद्यार्थीहरूलाई सुसंस्कृति र सभ्यता सिकाउन गरेको योगदानका लागि यो सम्मान समर्पण गरिएको जनाएको छ ।

भोजपुरका सुवास तामाङलाई होमतोत्र शिक्षा सम्मान सम्र्पण गरिएको छ । आफ्नै गाउँमा विद्यालय बनाउन २०४६ सालदेखि प्रयास गरेको, आफैँले रकम सङ्कलन गरी १८ वर्ष सम्म शिक्षकको तलब बेहोरेको, विदेशी पर्यटकको साथमा रहेर कमाएको पैसा खर्च गरी भोजपुरको षडानन्द नगरपालिका क्षेत्रमा पर्ने किमालुङमा आफ्नै खर्चले चन्द्रसूर्य माध्यमिक विद्यालय बनाएको तथा आफूले पाएको पुख्र्यौली जग्गा र आफूले कमाएको पैसाले किनेको जग्गासमेत गरी जम्मा ७८ रोपनी जग्गा विद्यालयको नाउँमा दान दिएकाले शिक्षा सेवी तामाङलाई यो सम्मान प्रदान गरिएको प्रकाशनले जनाएको छ ।

काभ्रेपलान्चोकका चूडाप्रसाद चौलागाईं नन्दिकेश्वर अधिकारी शोध सम्मानप्रदान गरिएको छ । नेपालको सामुदायिक विद्यालयका प्रथम प्राचार्यका रूपमा सुपरिचित शिक्षासेवी तथा संस्कृत साहित्यका खण्ड काव्यकार नन्दिकेश्वर अधिकारी र उनका सन्ततिहरूको योगदानका विषयमा अन्वेषण गर्ने लेखकलाई हरेक वर्ष समर्पण गर्ने गरी कवयित्री तथा लेखिका गीता मञ्जुश्री अधिकारीले कोष व्यवस्थापन गरेका ‘शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान’ यस वर्ष २०८१ सालका लागि आफ्ना पुस्तकहरूमा नन्दिकेश्वर अधिकारीका साहित्यिक सन्तति हरि मञ्जुश्री अधिकारीको व्यक्तित्व र कृतित्वका विषयमा लेख्नुभएका लेखक चौलागाईं यो सम्मान समर्पण गरिएको हो ।

यसैगरी काठमाडौंका रामलाल श्रेष्ठलाई शब्दयात्रा कालु वैद्य आयुर्वेद सम्मान प्रदान गरिएको छ । पारिवारिक परम्परालाई निरन्तरता दिँदै काठमाडौंको बौद्धमा परम्परा दिव्यआयुर्वेद औषधालय सञ्चालन गरेर आयुर्वेद र जडिबुटी उपचार पद्धतिबाट हजारौँ बिरामीहरूको उपचार गर्नुभएको र पाश्र्व प्रभाव विहीन पूर्वीय चिकित्सा पद्धतिलाई लोप हुन नदिन र त्यस्ता पद्धतिहरूको विकास, विस्तार र विश्वसनीयता अभिवृद्धि गराउन आफ्ना तर्फबाट ठूलो भूमिका खेलेकाले श्रेष्ठलाई यो सम्मान समर्पण गर्न लागिएको शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले जनाकारी दिए । उक्त कार्यक्रममा कृष्णमणि कुईकेल, सकुल थापा शिव बन्जाराले सम्मानित ब्यक्तिहरुलाई उपाहारले सम्मान गरेका थिए ।


रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३१ जेष्ठ २०८१, बिहीबार ०९:४३
निलम्बनमा परे काठमाण्डौ नगर प्रहरी प्रमुख राजु पाण्डे

यातायात व्यवसायीको आन्दोलन स्थगित

आरसीबीलाई पहिलो पटक आईपीएल क्रिकेटको उपाधि

ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच ऊर्जा सहकार्यबारे छलफल

Amendment of constitution should begin immediately: General Secretary Thapa

प्रधानमन्त्रीद्वारा शर्माको चित्रकला प्रदर्शनी अवलोकन
