काठमाडौं । मिस नेपाल २०२४ को उपाधिका लागि २६ जना सुन्दरीले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा २६ जना प्रतियोगीको घोषणा गरिएको हो ।
प्रतियोगिताका लागि देशभरबाट डेढसय सुन्दरीले अडिसन दिएका थिए । आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक र प्रायोजकले प्रतियोगीलाई स्यास प्रदान गरे । यसपटक पनि नेपालसहित डायस्पोराबाट समेत प्रतिस्पर्धी आएका छन् ।
यसपटक दैलेख, कैलाली, म्याग्दी लगायतका थलोबाट समेत सुन्दरी छनोट भएका छन् । काठमाडौं, ललितपुर, पोखरा लगायतका थलोसहित उपत्यकाबाहिरका सुन्दरीले पनि भाग लिएका छन् ।
फाइनलिस्ट प्रतियोगी घोषणासँगै अब सहविधाका प्रतिस्पर्धा आयोजना हुनेछन् । ११ विधामा यसपटक सहविधा संचालन हुनेछन् । मिस नेपाल वल्र्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थको विधाका लागि सुन्दरीको प्रतिस्पर्धा हुनेछ ।
मिस नेपालको अफिसियल अनलाइन पोर्टलको रुपमा अनलाइनखबर डटकम रहेको छ । यसवर्षको ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।
यी हुन् फाइनलिस्ट (प्रतियोगी अंकअनुसार)
१) शुभेच्छा कार्की
२) आश्माकुमारी केसी
३) सुमना केसी
४) निभिता चापागाईं
५) स्रिमिका मानन्धर
६) आँचल खत्री
७) ऊर्जा नेवा
८) करुणा रावत
९) अञ्जना पुन
१०) राधिका थापा
११) इभा गिरी
१२) दृष्टि थापा
१३) दिक्षा अवस्थी
१४) इरिना श्रेष्ठ
१५) ललिता शेर्बुजा मगर
१६) किम्ती श्रेष्ठ
१७) प्रेरभिता स्वार
१८) रोशनी दाहाल
१९) समीक्षा निरौला
२०) प्रसुना भुषाल
२१) पूजा बराल
२२) सायरा खड्का
२३) अम्बिका राणा
२४) अनिशा मल्ल
२५) श्रद्धासुमन सिलवाल
२६) सामिन कोइराला
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-06-02
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
