
काठमाडौं । गर्मी दिनदिनै बढ्दै गएको छ । गर्मीमा ताजा रहन र शितलता प्राप्त गर्नको लागि मानिसहरु विभिन्न प्रकारका चिसो पेयपदार्थ पिउने गर्छन् । गाउघरमा गर्मीमा माटोका भाँडामा राखिएका दही महि खाएर तिर्खा मेट्ने चलन थियो । बटुवा, गोठाला, र भरियाहरुलाई गाइभैसीको महि दिने चलन थियो ।
आजभोली त्यस्तो परम्परा पाइदैन । आजभोली सबैतिर विभिन्न कम्पनीका पेयपदार्थ दिने चलन चलेको छ । घरमा पनि सजिल्यै बनाउन सकिने कतिपय पेयपदार्थहरुले उर्जासँगसँगै शरीरमा पोषक तत्व पनि प्रदान गर्छ । चिसो बनाइएको पेय पदार्थ र विभिन्न बजारमा पाइने पेयपदार्थ सेवन गर्दा शरीरमा नकारात्मक असर परिरहेको हुन्छ ।
त्यसैले, गर्मीमा बजारमा पाइने विभिन्न प्रकारका चिसो पेय पदार्थ पिउनुभन्दा घरमा नै निर्माण गरिएको स्वस्थकर पेय पदार्थ पिउँदा स्वास्थसँगसँगै गर्मीको चिढचिढाहटबाट पनि मुक्ति मिल्छ ।
तरबुजाको जुस
तरबुजाको रसमा ९६ प्रतिशत पानी हुन्छ । साथै, यसमा भिटामिन ब्, द्यट, ऋ जस्ता एन्टिअक्सिडेन्ट्स पनि हुन्छ । यसकारण शरीरमा पानीसँग रासायनिक तत्व सजिल्यै घुल्छ र शरीरलाई ‘हाइड्रेट’ राख्न मद्दत गर्छ ।
कागती पानी
कागती पानीमा भिटामिन सिको मात्रा प्रचुर मात्रामा हुन्छ । जसले विभिन्न प्रकारका रोग लाग्नबाट बचाउँछ । यसमा भएको एन्टिअक्सिडेन्ट्सले शरीरलाई हाइड्रेट राख्छ । त्यसैले गर्मीमा कागती पानी पिउनु फाइदाजनक मानिन्छ ।
नरिवलको पानी
शरीरमा पानी र रासायनिक पदार्थबीच सन्तुलन राख्न साधारण पानीको सट्टा नरिवलको पानीको प्रयोग उत्तम मानिन्छ । यसमा भिटामिन ई पाइन्छ । गर्मीमा शरीरलाई स्वच्छ र सक्रिय बनाइराख्नको लागि नरिवल पानी पिउँनुहोस् ।
मही
नेपालीहरु धेरैलाई थाहा भएकै पेय पदार्थ हो मही । दूध जमाएर बनाइएको दहीलाई मोथेर घिउ निकाल्दा बनेको मही गाउँघरमा गर्मीको समयमा अत्यधिक पिउने झोल पदार्थ हो । मही स्वास्थ्यको लागि निकै लाभदायी छ । यसमा क्याल्सियम, राइबोफ्लेभिन, प्राटिन जस्ता स्वास्थ्यवर्धक पोषक तत्व पर्याप्त मात्रामा हुन्छ । मही पिउँदा कब्जियत र डिहाइड्रेशनको समस्या पनि कम हुन्छ ।
आँपको बोक्राको जुस
गर्मीले धेरै नै सताएको समयमा आँपको बोक्राको रस पिउँदा स्वास्थ्यमा गर्मीको असर कम गर्न सकिन्छ । काँचो आँपको बोक्रा निकाल्ने र त्यसलाई पानीमा उमाल्ने । त्यसमा नुन, पुदीना र चिनी हालेर पिस्ने र पानी हालेर पिउँने । यसले गर्मीमा निकै राहत गर्छ ।
पुदीनाको शरबत
गर्मीमा डिहाइड्रेशनको समस्याबाट बच्नको लागि पुदीनाको पात, चिनी, मह, कालो चिनी र जिरा पाउडर हालेर पिस्ने र पेस्टमा थोरै पानी हालेर पिउने । यसले बच्चाहरुमा पनि गर्मीको असर कम गराउँछ ।
लस्सी
गर्मीमा लस्सी खानुपनि निकै फाइदाजनक हुन्छ । लस्सी पनि घरमा सजीलै बनाउन सकिने पेय पदर्थ हो । घरमा भएको दहीमा आइस हालेर स्वादअनुसार चिनी राखेर आफुलाई मनपर्ने फलफुल या ड्राइफुट राखेर बनाउन सकिन्छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १८ जेष्ठ २०८१, शुक्रबार ०८:५३
बसन्तपुर दरबार स्क्वायरमा मल्लकालीन “नौं तल्ले दरबार” सार्वजनिक अवलोकनका लागि खुला

विश्वव्यापी तापक्रम वृद्धि १.५ प्रतिशत डिग्रीमा सीमित राख्दा पनि तटीय क्षेत्र खतरामा

बिकास श्रेष्ठको उपचारका लागि आर्थिक सहयोगको अपिल

नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरिने

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

कोभिडका कारण भारतमा दुईको मृत्यु
