
कैलाली । गायक रवि ओडले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । ‘नेपाल आइडल’ सिजन–२ का विजेता समेत रहेका कञ्चनपुरका गायक ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध उनकी श्रीमतीले गत २० चैतमा वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । गायक ओड साङ्गीतिक कार्यक्रममा देशबाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।
नेपाल आएलगत्तै उनी आफै इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गर्न पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए ।
उनका अनुसार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । ओड अहिले इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा छन् । प्रहरीले त्यस विषयमा छानबिन तथा अनुसन्धान गरिएको प्रहरी नायव उपरीक्षक जोशीले बताए ।
Sudina Shrestha
प्रकाशित: ३० बैशाख २०८१, आईतवार ०८:०७
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
