काठमाडौं । साउदी अरब प्रो लिगको उपाधि अल हिलालले जितेको छ । शनिबार राति भएको खेलमा अल हिलालले हाजमलाई ४–१ गोल अन्तरले पराजित गर्दै यो सिजनको उपाधि जितेको हो ।
अल हिलाललको जितमा अलेक्जेन्डर मिट्रोभिकले २ गोल गर्दा सेर्गेज मिलिन्कोभिकले १ गोल थपेका थिए । हिलालले १ गोल भने उपहार पाएको थियो । हाजमा अहमद अल जुवेदले उपहार गोल दिएका हुन् । यसैगरी हाजमका फैज सेलमानीले एक गोल फर्काए ।
जितपछि अल हिलाल यो सिजन अपराजित रहँदै ३१ खेलबाट ८९ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको अल नासरको ३१ खेलबाट ७७ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको अल हिलाल १२ अङ्कले अघि रहेपछि ३ खेल अगावै उपाधि पक्का गरेको हो । अल हिलालको १९औँ लिग उपाधि हो । अल हिलाल साउदी लिग सबैभन्दा बढी पटक जित्ने क्लब समेत हो । अल हिलालपछि अल इतिहाद र अल नासरले समान ९–९ पटक लिगको उपाधि जितेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-05-12
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
