
काठमाडौं । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको थियो ।
मैत्रीपूर्ण खेल राष्ट्रिय फोटो पत्रकार समूह नेपालले फोटो पत्रकारिता दिवसको अवसरमा आयोजना गरेकोमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरूसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिएका थिए ।
नारायणगंज क्लबसँगको खेल खेल्नुअघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई बल हस्तान्तरण गरेका थिए । सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल प्रमाणपत्रसंगै मायाको चिनो साटासाट गरिएको थियो ।
वरिष्ठ फोटो पत्रकार एवं उपस्थितहरु खेलाडीमध्ये जेठो हरि गोपाल प्रधानले यस किसिमको सौहार्दयता पूर्वक खेलिने खेलले देश विदेशका विभिन्न व्यक्तिहरुसँग घुलमिल हुने र आपसी अनुभवको साटासाट भई आफ्नो पेशा प्रति माया र आदरभाव आउने जनाउनु भयो ।






Sudina Shrestha
प्रकाशित: १७ बैशाख २०८१, सोमबार ०९:०६
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
