काठमाडौं । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको थियो ।
मैत्रीपूर्ण खेल राष्ट्रिय फोटो पत्रकार समूह नेपालले फोटो पत्रकारिता दिवसको अवसरमा आयोजना गरेकोमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरूसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिएका थिए ।
नारायणगंज क्लबसँगको खेल खेल्नुअघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई बल हस्तान्तरण गरेका थिए । सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल प्रमाणपत्रसंगै मायाको चिनो साटासाट गरिएको थियो ।
वरिष्ठ फोटो पत्रकार एवं उपस्थितहरु खेलाडीमध्ये जेठो हरि गोपाल प्रधानले यस किसिमको सौहार्दयता पूर्वक खेलिने खेलले देश विदेशका विभिन्न व्यक्तिहरुसँग घुलमिल हुने र आपसी अनुभवको साटासाट भई आफ्नो पेशा प्रति माया र आदरभाव आउने जनाउनु भयो ।






रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-04-29
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
