
बनेपा । शब्दयात्रा प्रकाशनको आयोजनामा चारवटा पुस्तक सार्वजनिक गरिएको छ । आफ्नै सभाकक्षमा आयोजित चार पुस्तकलाई २०८१ सालको नयाँ वर्षको पहिलो दिनको अवसर पारेर सार्वजनिक गरिएको हो । कार्यक्रममा कल्पना खरेल प्रमुख अतिथि तथा ममता मृदुल र मन्दिरा मधुश्री विशेष अतिथि थिए ।
कार्यक्रममा डा. इन्दुल केसीद्वारा सम्पादित ‘सावित्री स्मृति’ लाई मन्दिरा मधुश्रीले सार्वजनिक गरे । यसै गरी डा. इन्दुल केसी र पदम दाहालद्वारा लिखित तथा सम्पादित ‘एक–अर्काका दृष्टिमाथि समीक्षकका पुनर्दृष्टि’ लाई मन्दिरा मधुश्री र पदम दाहालले सार्वजनिक गरे । यसै गरी दिलहरि श्रेष्ठद्वारा लिखित ‘दिलहरि श्रेष्ठका कविता’ लाई ममता मृदुल र डा. भूषण श्रेष्ठले तथा शङ्करप्रसाद मानन्धरद्वारा लिखित ‘अध्यात्म र चिन्तन’ लाई ममता मृदुल र शङ्करप्रसाद मानन्धरले सार्वजनिक गरे ।
तीनजना कृतिकार र जीवनाथ अधिकारीले पुस्तकका विषयमा आआफ्ना धारणा राखेका थिए । कार्यक्रममा ममता मृदुलले कविता वाचन र मन्दिरा मधुश्रीले कार्यक्रम समापन गरेका थिए भने डा. भूषण श्रेष्ठले कृतिकार दिलहरि श्रेष्ठका विषयमा जानकारी गराएका थिए । यस्तै कल्पना खरेलले प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गरेका थिए ।
विष्णु ओलीले उद्घाटन गरेका कार्यक्रमको सभापतित्व हरि मञ्जुश्रीले, सञ्चालन शिव बन्जाराले, स्वागत भाषण कृष्णमणि कुइकेलले, सामग्री व्यवस्थापन कालिका त्रिपाठी पन्त र केदारनाथ तिमल्सिनाले, स्वराङ्कन तथा छायाङ्कन इ. रोशन मञ्जुश्री अधिकारीले, रुद्राक्षमाला समर्पण नवराज पराजुलीले, अतिथित्रयलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण साधुराम गिरीले गरेका थिए ।
कृतिकार दिलहरि श्रेष्ठ र कृतिनायक सावित्री राणा केसीको आत्मशान्तिको कामना गर्दै मानधारण गरिएको आजको कार्यक्रममा स्वस्तिवाचन, नीलकण्ठेश्वर महादेवको जयगान, राष्ट्रिय गान, शब्दयात्रा प्रकाशनको स्वागत गान र कार्यक्रम समापन गान श्रवण गराइएको थियो । कार्यक्रममा मच्छेश्वर सापकोटा, जयनारायण नेपाल, केशव रूपाखेती, डा. सीता सुवेदी पन्थी, प्रजापति तिमिल्सिना, दामोदर घिमिरे, चूडाप्रसाद चौलागाईं, प्रकाशबहादुर कायस्थ आदिसमेत विभिन्न अक्षरकर्मी तथा शब्दशिल्पीहरूको समुपस्थिति थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३ बैशाख २०८१, सोमबार ०९:०३
एमसिसी अन्तर्गतका परियोजना चाँडै बन्द हुँदैछ

प्रधानमन्त्रीद्वारा ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

कश्मीर आक्रमणपछि भारतको निर्णय, पाकिस्तानीलाई भिसा प्रतिबन्धदेखि दूतावास बन्द गर्नेसम्म

आज १९औँ लोकतन्त्र दिवस

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको शपथ आज

धनगढीलाई हराउँदै पोखरा एनएसएलको फाइनलमा
