बनेपा । आठ जना राष्ट्रिय व्यक्तित्वलाई विभिन्न सम्मान समर्पण गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा राष्ट्रका आठजना राष्ट्रिय व्यक्तित्वलाई सम्मान समर्पण गरिएको थियो ।

समारोहमा राष्ट्रझङ्कार सम्मानबाट पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठ (ताप्लेजुङ), भाषासेवा सम्मानबाट भाषावैज्ञानिक डा. योगेन्द्रप्रसाद यादव (सिराहा), समालोचना सम्मानबाट समालोचक डा. सुषमा आचार्य (काठमाडौँ) र कविताकाव्य सम्मानबाट मुकुन्द शर्मा चालिसे (बागलुङ) सम्मानित भए ।

यसै गरी आमसञ्चार सम्मान हरिःशरणम् आमा लक्ष्मी भुसाल (काठमाडौँ) मा, हास्यव्यङ्ग्य सम्मान चट्याङ मास्टर (भक्तपुर) मा, बालसाहित्य सम्मान डा. ध्रुव घिमिरे (नुवाकोट) मा र अनुसन्धान सम्मान डा. षडानन्द पौड्याल (पर्वत) मा समर्पण गरियो ।

उनीहरूलाई सावित्री जङ्गम थापा, गोपाल पराजुली, हरि गोपाल प्रधान, शारदाप्रसाद शर्मा, कविप्रसाद प्याकुरेल, गीता अधिकारी, राजेन्द्र विरही र पूर्णबहादुर कर्माचार्यले अभिवन्दनापत्र, किरीट, भेटी, रुद्राक्षमाला र उपहारले सम्मान गरेका थिए । सम्मानित व्यक्तित्वहरूलाई भरत जङ्गम, लीलादेवी श्रेष्ठ र दीपरत्न शाक्यका तर्फबाट थप उपहारहरू समर्पण गरिएका थिए । सम्मानित व्यक्तित्वहरूको चिनारी चयन समितिका संयोजक शिक्षासेवी रामप्रसाद अधिकारीले गराएका थिए ।

सम्मान सामग्रीको व्यवस्थापन पुण्यवती घलेले र प्रमाणपत्रको वाचन कालिका त्रिपाठी पन्तले गरेका थिए भने सञ्चालन हरि मञ्जुश्रीबाट गरिएको थियो । समारोहमा अनुपस्थित रहेका डा. योगेन्द्रप्रसाद यादवको सम्मान सामग्री देवीप्रसाद ढुङ्गानाले ग्रहण गरेका थिए । कार्यक्रमको सभापति हरि गोपाल प्रधानले गरेका थिए ।








रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-04-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
