
बनेपा । आठ जना राष्ट्रिय व्यक्तित्वलाई विभिन्न सम्मान समर्पण गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा राष्ट्रका आठजना राष्ट्रिय व्यक्तित्वलाई सम्मान समर्पण गरिएको थियो ।

समारोहमा राष्ट्रझङ्कार सम्मानबाट पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठ (ताप्लेजुङ), भाषासेवा सम्मानबाट भाषावैज्ञानिक डा. योगेन्द्रप्रसाद यादव (सिराहा), समालोचना सम्मानबाट समालोचक डा. सुषमा आचार्य (काठमाडौँ) र कविताकाव्य सम्मानबाट मुकुन्द शर्मा चालिसे (बागलुङ) सम्मानित भए ।

यसै गरी आमसञ्चार सम्मान हरिःशरणम् आमा लक्ष्मी भुसाल (काठमाडौँ) मा, हास्यव्यङ्ग्य सम्मान चट्याङ मास्टर (भक्तपुर) मा, बालसाहित्य सम्मान डा. ध्रुव घिमिरे (नुवाकोट) मा र अनुसन्धान सम्मान डा. षडानन्द पौड्याल (पर्वत) मा समर्पण गरियो ।

उनीहरूलाई सावित्री जङ्गम थापा, गोपाल पराजुली, हरि गोपाल प्रधान, शारदाप्रसाद शर्मा, कविप्रसाद प्याकुरेल, गीता अधिकारी, राजेन्द्र विरही र पूर्णबहादुर कर्माचार्यले अभिवन्दनापत्र, किरीट, भेटी, रुद्राक्षमाला र उपहारले सम्मान गरेका थिए । सम्मानित व्यक्तित्वहरूलाई भरत जङ्गम, लीलादेवी श्रेष्ठ र दीपरत्न शाक्यका तर्फबाट थप उपहारहरू समर्पण गरिएका थिए । सम्मानित व्यक्तित्वहरूको चिनारी चयन समितिका संयोजक शिक्षासेवी रामप्रसाद अधिकारीले गराएका थिए ।

सम्मान सामग्रीको व्यवस्थापन पुण्यवती घलेले र प्रमाणपत्रको वाचन कालिका त्रिपाठी पन्तले गरेका थिए भने सञ्चालन हरि मञ्जुश्रीबाट गरिएको थियो । समारोहमा अनुपस्थित रहेका डा. योगेन्द्रप्रसाद यादवको सम्मान सामग्री देवीप्रसाद ढुङ्गानाले ग्रहण गरेका थिए । कार्यक्रमको सभापति हरि गोपाल प्रधानले गरेका थिए ।








रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २८ चैत्र २०८०, बुधबार ०९:२१
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
