
काठमाडौं । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले ललितपुरमा पत्रकार सम्मेलन गर्दै मिस नेपाल २०२४ को आवेदन खुला भएको घोषणा गरेको छ ।

मापदण्ड पुगेका इच्छुक नेपाली युवतीले २०८१ साल जेठ १ गतेसम्म आवेदन दिन सक्ने छन् । त्यसका लागि ५ फिट ३ इन्च उचाइ भएका तथा १८ देखि २७ वर्ष उमेर समूहका अविवाहित नेपाली नागरिक युवतीले आवेदन दिन सक्ने जनाइएको छ । भाग लिनका लागि शुल्क नलाग्ने हिडन ट्रेजरले जानकारी गराएको छ ।

यस वर्ष मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई फराकिलो बनाउन काठमाडौं, पोखरा, बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा अडिसन आयोजना हुने भएको छ । अन्तिम अडिसन २०८१ बैशाख ६ गते (२०२४ मे १८ तारिख) मा हुने जनाइएको छ । इच्छुकले मिस नेपालको वेबसाइट www.missnepal.com.np र एपमार्फत आवेदन दिन सक्नेछन् ।

यस वर्षको संस्करणमा पनि डाबर वाटिका मुख्य प्रायोजक छ । ग्राण्ड फिनाले २०८१ साल साउन १९ गते (२०२४ अगष्ट ३ तारिख) ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भएको छ । जसको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभीबाट हुनेछ ।

कार्यक्रममा द हिडन ट्रेजर प्रा.लि. का अध्यक्ष अजय रत्न स्थापित, पूर्व अध्यक्ष सुवर्ण बहादुर क्षेत्री, निर्देशक प्रमोद रत्न कंसाकार, डाबर नेपाल प्रा.लि. का मार्केटिङ प्रमुख अभय पीडी. गोर्खाली, नेपाल ओभरसिज मार्केटिङका वरिष्ठ ब्रान्ड प्रबन्धक अजविन्द श्रेष्ठ, वात्सल्य नेचुरल IVF का प्रबन्ध निर्देशक श्री प्रशान्त सुवेदीले मिस नेपाल कार्यक्रम सम्बन्धि आ–आफनो धारणा व्यक्त गरेक थिए ।

मिस नेपाल विजेताहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेर फर्किएका छन् जुन नेपालका लागि गौरवणीय पक्षहरु हुन् । कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ का प्रियंकारानी जोशी भारतको बम्वईमा मार्च ९, २०२४ मा सम्पन्न मिस वल्र्डमा सहभागी भएकी थिइन ।

उक्त सहभागीता र उपस्थितिले राष्ट्रलाई गौरवमय बनाएका छन् । मिस वल्र्ड प्रतियोगितामा ११० देशका सहभागितामध्ये प्रियंकारानी जोशी उत्कृष्ट ४० स्थान हासिल गर्दै एशिया र ओशिनिया क्षेत्रबाट प्रतिष्ठित ब्यूटि विथ पर्पस प्रोजेक्ट जितिन् ।

मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धि शाह टोकियोमा २६ अक्टोबर २०२३ र मिस नेपाल अर्थ २०२३ रेना मजगैयाँले भियतनाममा २० डिसेम्बर २०२३ मा माग लिएका थिए । मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धि शाह, नेपाल अर्थ २०२३ रेना मजगैयाँले गत वर्षको अनुभव बाँडेका थिए ।

कार्यक्रममा द हिडन ट्रेजरका पूर्व अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति, निर्देशक रुपेश प्रधान, सरद कुमार श्रेष्ठ, सुरेश बहादुर मल्ल, गिरिन्द« मान राजवंशी तथा कोरियोग्राफर रचना गुरुङ्ग लगायतको उपस्थिति थियो ।



तस्विर: हरि गोपाल प्रधान
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १८ चैत्र २०८०, आईतवार ०८:२४
कार र ट्रक एकआपसमा ठक्कर खाँदा पाँचजना घाइते

साविक विजेता ललितपुरको सुपर लिग २०२५ मा पहिलो जित

Govt, cooperative sector can boost national economy: Acting PM Singh

संसद्को हिउँदे अधिवेशनबाट नौ वटा विधेयक पारित

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

आजदेखि फेरि काठमाडौंमा प्रदर्शन गर्दै शिक्षकहरु
